२०८३, २१ भाद्र सोमबार

सपनाका गाडी, नयाँ प्रविधिको संसार : नाइमा एक्स्पोमा झुम्मिए दर्शक

सपनाका गाडी, नयाँ प्रविधिको संसार : नाइमा एक्स्पोमा झुम्मिए दर्शक


काठमाडौं । भृकुटीमण्डप यतिबेला गाडी प्रेमीहरूको सपनाको संसार बनेको छ। चम्किला नयाँ कार, आकर्षक एसयूभी, आधुनिक मोटरसाइकल र प्रविधिले भरिएका विद्युतीय सवारीसाधनले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को माहोल नै बदलिएको छ।

एकपछि अर्को नयाँ मोडल हेर्दै गरेका दर्शकको उत्साहले प्रदर्शनीस्थललाई अझ जीवन्त बनाएको छ। कसैको नजर नयाँ इलेक्ट्रिक कारमा छ, कसैको रोजाइमा आकर्षक एसयूभी त कसैको ध्यान अत्याधुनिक फिचरले भरिएको बाइकमा।

५३ ब्रान्डको सहभागिता र ४० भन्दा बढी नयाँ सवारीसाधन तथा उत्पादनको प्रदर्शनीले एक्स्पोलाई विशेष बनाएको छ। यहाँ केवल गाडी प्रदर्शन भएका छैनन्, नेपाली अटोमोबाइल बजार कुन दिशामा अघि बढ्दैछ भन्ने तस्वीरसमेत देखिएको छ। नयाँ पुस्ताको प्रविधि, आकर्षक डिजाइन र विद्युतीय मोबिलिटीप्रतिको बढ्दो आकर्षणले एक्स्पोमा छुट्टै रौनक थपेको छ।

सपनाका गाडी, नयाँ प्रविधिको संसार : नाइमा एक्स्पोमा झुम्मिए दर्शक

प्रकाशित मिति : २०८३, २५ श्रावण मंगलबार  २ : ४२ बजे

निर्माण व्यवसायी संघ काभ्रेको नयाँ नेतृत्व चयन, अध्यक्षमा अकुर प्रसाद गौतम

काभ्रे । निर्माण व्यवसायी संघ, काभ्रेको १५औँ साधारण सभा तथा

राप्रपामा धक्का : महामन्त्री शरदराज पाठकले छाडे पार्टी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री शरदराज पाठकले पार्टीको

कांग्रेसमा फेरि बढ्यो विवाद : ‘महाधिवेशन अघि बढे पार्टी फुट्न सक्छ’ भन्दै रमेश लेखकको चेतावनी

कञ्चनपुर । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद समाधान हुनुको साटो झन्

बाढी उद्धारमा आईजीपी कार्कीको निर्देशन : ‘कुनै कसर बाँकी नराख्नु’

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा

भोटेकोशी बाढी : ११औँ दिनसम्म ४ जनाको जीवित उद्धार, खोजी कार्य तीव्र

काठमाडौं । भोटेकोशी बाढी आएको ११औँ दिनसम्म जलविद्युत् आयोजनाका सुरुङ