२०८३, २५ श्रावण मंगलबार

नागढुंगा सुरुङमार्गमा अब नगदको झन्झट सकियो, क्यूआरबाटै शुल्क तिर्न मिल्ने

नागढुंगा सुरुङमार्गमा अब नगदको झन्झट सकियो, क्यूआरबाटै शुल्क तिर्न मिल्ने


काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने ट्रक तथा मालवाहक सवारी व्यवसायीले अब शुल्क तिर्न नगद बोकेर हिँड्नुपर्ने बाध्यता हट्ने भएको छ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघ र सानिमा बैंकबीच सुरुङमार्गको प्रवेश तथा उपभोग शुल्क क्यूआरमार्फत नगदरहित रूपमा भुक्तानी गर्ने व्यवस्था मिलाउने सम्झौता भएको हो। सम्झौताअनुसार सुरुङमार्गको शुल्क व्यवस्थापनमा आरएफआईडी प्रणाली प्रयोग गरिनेछ भने व्यवसायीले क्यूआर कोड स्क्यान गरेर शुल्क तिर्न सक्नेछन्। यसले भुक्तानी प्रक्रिया छिटो, सहज र पारदर्शी हुने अपेक्षा गरिएको छ।

सम्झौतामा महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनिया र सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्यालले हस्ताक्षर गरेका छन्। सरकारले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनअनुसार फरक–फरक शुल्क तोकेको छ। कार, भ्यान, पिकअपलगायत हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।

मिनी बस तथा मिनी टिपर/ट्रकका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिने शुल्क ८० रुपैयाँ छ। बस तथा सिंगल रियर एक्सल ट्रकले प्रवेश गर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ। मल्टी एक्सल ट्रक तथा अन्य भारी सवारीसाधनका लागि प्रवेश शुल्क ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तोकिएको छ।

प्रकाशित मिति : २०८३, २५ श्रावण मंगलबार  २ : ०१ बजे

नाइमा एक्सपोमा ग्लोबल आइएमईको ‘धमाका’, ५.२५ प्रतिशत ब्याजमै अटो लोन

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ सुरु भएसँगै गाडी

इरानको धम्कीपछि ट्रम्पलाई ट्रकमा लुकाएर विमान फेरियो, यस्तो थियो ‘गोप्य अपरेसन’

काठमाडौं । इरानबाट राष्ट्रपतिको विमानमाथि आक्रमण हुन सक्ने विश्वसनीय खतरा

सपनाका गाडी, नयाँ प्रविधिको संसार : नाइमा एक्स्पोमा झुम्मिए दर्शक

काठमाडौं । भृकुटीमण्डप यतिबेला गाडी प्रेमीहरूको सपनाको संसार बनेको छ।

नागढुंगा सुरुङमार्गमा अब नगदको झन्झट सकियो, क्यूआरबाटै शुल्क तिर्न मिल्ने

काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने ट्रक तथा मालवाहक सवारी

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक, दिउँसो ३ बजे सिंहदरबारमा बस्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आजका लागि मन्त्रिपरिषद्को बैठक