२०८३, १० कार्तिक मंगलबार

नागढुंगा सुरुङमार्गमा अब नगदको झन्झट सकियो, क्यूआरबाटै शुल्क तिर्न मिल्ने

नागढुंगा सुरुङमार्गमा अब नगदको झन्झट सकियो, क्यूआरबाटै शुल्क तिर्न मिल्ने


काठमाडौं । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने ट्रक तथा मालवाहक सवारी व्यवसायीले अब शुल्क तिर्न नगद बोकेर हिँड्नुपर्ने बाध्यता हट्ने भएको छ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघ र सानिमा बैंकबीच सुरुङमार्गको प्रवेश तथा उपभोग शुल्क क्यूआरमार्फत नगदरहित रूपमा भुक्तानी गर्ने व्यवस्था मिलाउने सम्झौता भएको हो। सम्झौताअनुसार सुरुङमार्गको शुल्क व्यवस्थापनमा आरएफआईडी प्रणाली प्रयोग गरिनेछ भने व्यवसायीले क्यूआर कोड स्क्यान गरेर शुल्क तिर्न सक्नेछन्। यसले भुक्तानी प्रक्रिया छिटो, सहज र पारदर्शी हुने अपेक्षा गरिएको छ।

सम्झौतामा महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनिया र सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्यालले हस्ताक्षर गरेका छन्। सरकारले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनअनुसार फरक–फरक शुल्क तोकेको छ। कार, भ्यान, पिकअपलगायत हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।

मिनी बस तथा मिनी टिपर/ट्रकका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिने शुल्क ८० रुपैयाँ छ। बस तथा सिंगल रियर एक्सल ट्रकले प्रवेश गर्दा २६० र बाहिरिँदा २०० रुपैयाँ तिर्नुपर्नेछ। मल्टी एक्सल ट्रक तथा अन्य भारी सवारीसाधनका लागि प्रवेश शुल्क ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ तोकिएको छ।

प्रकाशित मिति : २०८३, २५ श्रावण मंगलबार  २ : ०१ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना