२०८३, १० कार्तिक मंगलबार

सरकारी कागजमै चलखेल ! ७० लाखको कारोबार देखाउन वडाध्यक्षसहित ४ जनामाथि भ्रष्टाचार मुद्दा

सरकारी कागजमै चलखेल ! ७० लाखको कारोबार देखाउन वडाध्यक्षसहित ४ जनामाथि भ्रष्टाचार मुद्दा


काठमाडौं । ७० लाख रुपैयाँको जग्गा कारोबारलाई वैध देखाउन सरकारी अभिलेखमै हेरफेर गरेको आरोपमा नेपालगन्जका वडाध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

नेपालगन्ज–२० का वडाध्यक्ष कौशलकुमार धोवी, वडा सचिव वीरबहादुर थापामगर, रविन्द्र लामिछाने र विकासकुमार चापागाईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

अख्तियारका अनुसार जग्गा कारोबार पुष्टि गर्ने उद्देश्यले नक्कली करारनामा तयार गरी वडा कार्यालयको लिखत प्रमाणित दर्ता किताबमा पछि गएर विवरण थपघट गरिएको थियो।

सरकारी छापसमेत दुरुपयोग गरी चलानी नम्बर र कागजातमा हेरफेर गरेको आरोप छ।

वडाध्यक्ष र वडा सचिवविरुद्ध सरकारी कागजात सच्याएको अभियोग लगाइएको छ भने लामिछाने र चापागाईलाई मतियारको आरोप लगाइएको छ।

आयोगले चारै जनामाथि भ्रष्टाचार निवारण ऐनअनुसार कैद तथा जरिवानाको मागदाबी गरेको छ।

प्रकाशित मिति : २०८३, २४ श्रावण सोमबार  ९ : १४ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना