२०८३, २९ भाद्र मंगलबार

कांग्रेसभित्र खैलाबैला : मोहन बस्नेतले गगन समूहलाई लगाए ‘रास्वपासँग मित’ लगाएको आरोप

कांग्रेसभित्र खैलाबैला : मोहन बस्नेतले गगन समूहलाई लगाए ‘रास्वपासँग मित’ लगाएको आरोप


काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बस्नेतले पार्टी सभापति गगन थापा समूहप्रति कडा आक्रोश पोखेका छन्। सिन्धु–काठमाडौं सम्पर्क समितिको युवा भेलालाई सम्बोधन गर्दै बस्नेतले गगन समूहले रास्वपासँग मिलेर विगतको चुनावी लाभ लिएको आरोप लगाए।

उनको दाबीमा, काठमाडौं–४ मा गगन थापाले रास्वपाको सहयोगमा चुनाव जितेका हुन्। चितवनमा समेत कांग्रेसले रास्वपालाई सहयोग गरेको उनको आरोप छ। बस्नेतले पार्टीभित्रको पछिल्लो राजनीतिक शैलीप्रति असन्तुष्टि जनाउँदै ‘चटक देखाउने होइन, इमानदार र सक्षम कांग्रेस बनाउने’ दाबी गरे।

उनले भनेका छन् -कांग्रेसलाई मुलुक, जनता र लोकतन्त्रका पक्षमा निरन्तर लड्ने पार्टीका रूपमा पुनः स्थापित गर्ने प्रयास भइरहेको छ।

प्रकाशित मिति : २०८३, २४ श्रावण सोमबार  ९ : १० बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक