२०८३, २९ भाद्र मंगलबार

पोखरा विमानस्थल प्रकरणमा पूर्वमन्त्री कार्कीलाई राहत, १५ लाख धरौटीमा रिहा

पोखरा विमानस्थल प्रकरणमा पूर्वमन्त्री कार्कीलाई राहत, १५ लाख धरौटीमा रिहा


काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको भ्रष्टाचार मुद्दामा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई तत्काल जेल जानुपर्ने अवस्था टरेको छ। विशेष अदालतले कार्कीलाई १५ लाख रुपैयाँ धरौटी वा बैंक जमानत लिएर तारेखमा राख्ने आदेश दिएको हो।

कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको थियो। अख्तियारले विमानस्थल निर्माणका क्रममा ठेकेदार कम्पनीलाई भ्याटलगायतका महसुलमा उन्मुक्ति दिने व्यवस्था कार्यान्वयन सम्झौतामा राख्दा राज्यलाई ठूलो आर्थिक क्षति पुगेको दाबी गरेको छ।

तर कार्कीले आरोप अस्वीकार गर्दै आफूले नेपाल–चीनबीच भएको ऋण सम्झौता कार्यान्वयन मात्रै गरेको अदालतमा जिकिर गरेका छन्। अदालतले तत्काल उपलब्ध प्रमाण र परिस्थितिका आधारमा उनलाई थुनामै राखेर मुद्दा अघि बढाउन आवश्यक नदेखिएको जनाएको छ।

प्रकाशित मिति : २०८३, २४ श्रावण सोमबार  ९ : ०० बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक