काठमाडौं । रसुवामा म्याद सकिएको विष्फोटक पदार्थ व्यवस्थापन गर्ने क्रममा नेपाली सेनाको गणमै विष्फोट भएको छ। घटनामा पाँच जना घाइते भएका छन्।
आमाछोदिङमो गाउँपालिका–४ मानसिङस्थित श्रीनाथ गणमा म्याद सकिएको विष्फोटक पदार्थ डिस्पोजका लागि लैजाँदै गर्दा अचानक विष्फोट भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। विष्फोटपछि घाइते भएका पाँच जनाको उद्धारका लागि हेलिकप्टर घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी अशोक थापाले जानकारी दिए।
घटनालगत्तै प्रहरी टोली पनि घटनास्थलतर्फ परिचालन गरिएको छ। घाइतेहरूको अवस्था र विष्फोटबाट भएको क्षतिको पूर्ण विवरण भने आइसकेको छैन। घटनाबारे विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।







प्रतिक्रिया