२०८३, २९ भाद्र मंगलबार

‘सिंहदरबार’को नाम फेर्ने बहसमा शंकर पोखरेलको व्यङ्ग्य- ‘नाम होइन, शासन शैली बदलौँ’

‘सिंहदरबार’को नाम फेर्ने बहसमा शंकर पोखरेलको व्यङ्ग्य- ‘नाम होइन, शासन शैली बदलौँ’


काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो समय ‘सिंहदरबार’को नाम परिवर्तन गर्नुपर्ने बहसप्रति सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदबाट सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने धारणा सार्वजनिक भइरहेका बेला महासचिव पोखरेलले ‘सिंह’का स्वभाव र विशेषतालाई राजनीतिसँग जोड्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन्। पोखरेलले सिंहलाई अनुशासन, आफ्नो क्षेत्रको सुरक्षा, सामूहिकता, शक्ति प्रदर्शन र गम्भीरताको प्रतीकका रूपमा प्रस्तुत गरेका छन्। उनका अनुसार यिनै विशेषताका कारण पुर्खाहरूले सिंहलाई शक्ति र सुरक्षाको प्रतीकका रूपमा मठमन्दिर तथा राज्य संरचनामा स्थान दिएको हुनसक्छ।

उनले राज्य आफैँ शक्तिको प्रतीक भएको उल्लेख गर्दै नागरिकलाई सुरक्षा र भरोसा दिनु तथा अपराध र देशद्रोहविरुद्ध दृढ बन्नु राज्यको मूल जिम्मेवारी भएको बताएका छन्। ‘नेपाल राज्य कमजोर बनेको अवस्थामा शक्तिको प्रतीकप्रति नै अनास्था र अविश्वास पैदा गर्नु कत्तिको उचित होला?’ भन्ने प्रश्नसमेत पोखरेलले सामाजिक सञ्जालमार्फत उठाएका छन्।

पोखरेलको टिप्पणीले ‘सिंहदरबार’को नाम परिवर्तनसम्बन्धी बहसलाई राजनीतिक र सांकेतिक कोणबाट थप चर्चामा ल्याएको छ।

प्रकाशित मिति : २०८३, २४ श्रावण सोमबार  १२ : ०७ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक