२०८३, १० कार्तिक मंगलबार

‘सिंहदरबार’को नाम फेर्ने बहसमा शंकर पोखरेलको व्यङ्ग्य- ‘नाम होइन, शासन शैली बदलौँ’

‘सिंहदरबार’को नाम फेर्ने बहसमा शंकर पोखरेलको व्यङ्ग्य- ‘नाम होइन, शासन शैली बदलौँ’


काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पछिल्लो समय ‘सिंहदरबार’को नाम परिवर्तन गर्नुपर्ने बहसप्रति सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदबाट सिंहदरबारको नाम परिवर्तन गर्नुपर्ने धारणा सार्वजनिक भइरहेका बेला महासचिव पोखरेलले ‘सिंह’का स्वभाव र विशेषतालाई राजनीतिसँग जोड्दै आफ्नो धारणा सार्वजनिक गरेका हुन्। पोखरेलले सिंहलाई अनुशासन, आफ्नो क्षेत्रको सुरक्षा, सामूहिकता, शक्ति प्रदर्शन र गम्भीरताको प्रतीकका रूपमा प्रस्तुत गरेका छन्। उनका अनुसार यिनै विशेषताका कारण पुर्खाहरूले सिंहलाई शक्ति र सुरक्षाको प्रतीकका रूपमा मठमन्दिर तथा राज्य संरचनामा स्थान दिएको हुनसक्छ।

उनले राज्य आफैँ शक्तिको प्रतीक भएको उल्लेख गर्दै नागरिकलाई सुरक्षा र भरोसा दिनु तथा अपराध र देशद्रोहविरुद्ध दृढ बन्नु राज्यको मूल जिम्मेवारी भएको बताएका छन्। ‘नेपाल राज्य कमजोर बनेको अवस्थामा शक्तिको प्रतीकप्रति नै अनास्था र अविश्वास पैदा गर्नु कत्तिको उचित होला?’ भन्ने प्रश्नसमेत पोखरेलले सामाजिक सञ्जालमार्फत उठाएका छन्।

पोखरेलको टिप्पणीले ‘सिंहदरबार’को नाम परिवर्तनसम्बन्धी बहसलाई राजनीतिक र सांकेतिक कोणबाट थप चर्चामा ल्याएको छ।

प्रकाशित मिति : २०८३, २४ श्रावण सोमबार  १२ : ०७ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना