२०८३, १० कार्तिक मंगलबार

चीनमा डल्फिन आँधीको ताण्डव, १३ लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए

चीनमा डल्फिन आँधीको ताण्डव, १३ लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए


काठमाडौं । चीनको पूर्वी तटीय क्षेत्रमा शक्तिशाली टाइफुन ‘डल्फिन’ प्रवेश गरेपछि १३ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। झेजियाङ प्रान्तको युहुआनमा करिब १५० किलोमिटर प्रतिघण्टाको वेगसहित जमिनमा प्रवेश गरेको आँधी त्यसको केही समयपछि वेनझाउ पुगेको चिनियाँ मौसम विभागले जनाएको छ।

आँधीका कारण जनजीवन र यातायात अस्तव्यस्त बनेको छ। सांघाईमा मात्रै करिब १ हजार ४ सय उडान रद्द गरिएका छन्। पर्यटकीय क्षेत्र, डिज्नील्यान्डका केही भाग र लेगोल्यान्डसमेत बन्द गरिएको छ। वेनझाउबाट करिब ९ लाख र ताइझाउबाट ३ लाख ९० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। एक हजारभन्दा बढी आपत्कालीन आश्रयस्थल सञ्चालनमा ल्याइएको अधिकारीहरूले बताएका छन्।

आँधी भित्री भू–भागतर्फ अघि बढेसँगै बाढी, पहिरो र भारी वर्षाको जोखिम बढेको छ। झेजियाङका केही क्षेत्रमा आगामी दिनमा २५० देखि ५०० मिलिमिटरसम्म वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

यसैबीच, वेनलिङका ९ वर्षीय बालक आँधीका कारण समुद्रमा बगेपछि बेपत्ता भएका छन्। हालसम्म ठूलो मानवीय क्षतिको आधिकारिक पुष्टि भएको छैन। चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार ‘डल्फिन’ करिब ६ हजार किलोमिटर यात्रा गरेर चीन पुगेको हो। आँधीबारे भ्रामक तथा एआईबाट सिर्जित सामग्री फैलाएको आरोपमा दुई जना पक्राउसमेत परेका छन्।

प्रकाशित मिति : २०८३, २४ श्रावण सोमबार  १० : ४६ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा