२०८३, २९ भाद्र मंगलबार

हेटौँडा कपडा उद्योग : पुनसञ्चालन कि फेरि ‘राजनीतिक स्टन्ट’ ? पोखरेलले उठाए गम्भीर प्रश्न

हेटौँडा कपडा उद्योग : पुनसञ्चालन कि फेरि ‘राजनीतिक स्टन्ट’ ? पोखरेलले उठाए गम्भीर प्रश्न


काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सरकारको तयारीप्रति प्रश्न उठाएका छन्।

वालेन्द्र शाह नेतृत्वको सरकारले महत्त्वपूर्ण परियोजनाका रूपमा अघि सारेको उद्योग दिगो रूपमा सञ्चालन हुने आधारबारे पोखरेलले शंका व्यक्त गरेका हुन्। सामाजिक सञ्जालमार्फत उनले प्रश्न गरेका छन्, ‘हेटौँडा कपडा उद्योग : राजनीतिक स्टन्ट कि दिगो सञ्चालन ?’ विगतमा पनि सञ्चालनको घोषणा गर्ने तर केही समयपछि उद्योग बन्द हुने अवस्था दोहोरिएको उल्लेख गर्दै पोखरेलले यसपटक पनि त्यही नियति नदोहोरियोस् भन्दै सरकारलाई सचेत गराएका छन्।

उनका अनुसार केवल राजनीतिक प्रचारका लागि उद्योग सञ्चालन गरेको देखाउनेभन्दा आधुनिक प्रविधि, व्यावसायिक क्षमता र कुशल व्यवस्थापनसहितको ठोस कार्ययोजना आवश्यक छ। स्पष्ट प्राविधिक तथा व्यावसायिक योजना बिना लहडका भरमा उद्योग सञ्चालन गरे पुरानै असफलता दोहोरिने उनको दाबी छ।

उद्योग खोल्ने घोषणा ठूलो कुरा होइन, त्यसलाई वर्षौँसम्म टिकाएर चलाउने योजना चाहिन्छ’ भन्ने सन्देशसहित पोखरेलले सरकारको तयारीमाथि प्रश्न तेर्स्याएका छन्।

प्रकाशित मिति : २०८३, २४ श्रावण सोमबार  ९ : ४६ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक