२०८३, १० कार्तिक मंगलबार

हेटौँडा कपडा उद्योग : पुनसञ्चालन कि फेरि ‘राजनीतिक स्टन्ट’ ? पोखरेलले उठाए गम्भीर प्रश्न

हेटौँडा कपडा उद्योग : पुनसञ्चालन कि फेरि ‘राजनीतिक स्टन्ट’ ? पोखरेलले उठाए गम्भीर प्रश्न


काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सरकारको तयारीप्रति प्रश्न उठाएका छन्।

वालेन्द्र शाह नेतृत्वको सरकारले महत्त्वपूर्ण परियोजनाका रूपमा अघि सारेको उद्योग दिगो रूपमा सञ्चालन हुने आधारबारे पोखरेलले शंका व्यक्त गरेका हुन्। सामाजिक सञ्जालमार्फत उनले प्रश्न गरेका छन्, ‘हेटौँडा कपडा उद्योग : राजनीतिक स्टन्ट कि दिगो सञ्चालन ?’ विगतमा पनि सञ्चालनको घोषणा गर्ने तर केही समयपछि उद्योग बन्द हुने अवस्था दोहोरिएको उल्लेख गर्दै पोखरेलले यसपटक पनि त्यही नियति नदोहोरियोस् भन्दै सरकारलाई सचेत गराएका छन्।

उनका अनुसार केवल राजनीतिक प्रचारका लागि उद्योग सञ्चालन गरेको देखाउनेभन्दा आधुनिक प्रविधि, व्यावसायिक क्षमता र कुशल व्यवस्थापनसहितको ठोस कार्ययोजना आवश्यक छ। स्पष्ट प्राविधिक तथा व्यावसायिक योजना बिना लहडका भरमा उद्योग सञ्चालन गरे पुरानै असफलता दोहोरिने उनको दाबी छ।

‘उद्योग खोल्ने घोषणा ठूलो कुरा होइन, त्यसलाई वर्षौँसम्म टिकाएर चलाउने योजना चाहिन्छ’ भन्ने सन्देशसहित पोखरेलले सरकारको तयारीमाथि प्रश्न तेर्स्याएका छन्।

प्रकाशित मिति : २०८३, २४ श्रावण सोमबार  ९ : ४६ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना