२०८३, १० कार्तिक मंगलबार

चार महिनापछि बालेनको कूटनीतिक ‘युटर्न’ : भारत–चीनका राजदूतसँग वान टु वान

चार महिनापछि बालेनको कूटनीतिक ‘युटर्न’ : भारत–चीनका राजदूतसँग वान टु वान


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले चार महिनापछि पहिलोपटक विदेशी राजदूतसँग ‘वान टु वान’ वार्ता गर्दैछन्।

शाहले आज नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र चिनियाँ राजदूत चाङ माओमिङसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री बनेपछि उनले विदेशी राजदूतसँग व्यक्तिगत भेट नगर्ने अडान लिँदै सामूहिक भेटलाई प्राथमिकता दिएका थिए। तर, अहिले भारत र चीनका राजदूतसँगै व्यक्तिगत संवादमा बस्न लागेका हुन्।

छिमेकी दुई मुलुकका राजदूतसँग एकै दिन हुने भेटलाई प्रधानमन्त्री शाहको बदलिँदो कूटनीतिक शैलीका रूपमा हेरिएको छ। नेपाल–भारत र नेपाल–चीन सम्बन्ध तथा आपसी चासोका विषयमा छलफल हुने बताइएको छ।

शाहले भोलि अमेरिकी राजदूतसँग पनि भेटवार्ता गर्ने तयारी छ।

प्रकाशित मिति : २०८३, २४ श्रावण सोमबार  ९ : ०७ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना