२०८३, २६ भाद्र शनिबार

दोलालघाटबाट हराएको दम्पतीको दुःखद कथा : तिलकुमारीको शव भेटियो, केदारनाथको खोजी जारी

दोलालघाटबाट हराएको दम्पतीको दुःखद कथा : तिलकुमारीको शव भेटियो, केदारनाथको खोजी जारी


श्रीमतीको शव भेटियो, तर श्रीमान्को प्रतीक्षा अझै सकिएको छैन

काठमाडौं । दोलालघाटबाट रहस्यमय रूपमा बेपत्ता भएको वृद्ध दम्पतीमध्ये ६७ वर्षीया तिलकुमारी पराजुलीको जीवनको अन्त्य सुनकोशी नदीमा भएको पुष्टि भएको छ। तर उनीसँगै हराएका श्रीमान् केदारनाथ पराजुली अझै सम्पर्कविहीन छन्।

बुधबार साँझ काभ्रेको भुम्लु गाउँपालिका-८ दोलालघाटबाट बेपत्ता भएका तिलकुमारी र केदारनाथको खोजीमा प्रहरी र स्थानीयवासी जुटिरहेका बेला आइतबार ओखलढुंगाको सुनकोशी गाउँपालिका- १ स्थित नदीकिनारमा तिलकुमारीको शव फेला परेको हो।

शव भेटिएपछि प्रहरीले परिवारसँग सम्पर्क गरी पहिचानको प्रक्रिया अघि बढाएको थियो। परिवारले काटिएको कपाल र पिसाब थैलीका आधारमा शव तिलकुमारीकै भएको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। तिलकुमारी मण्डनदेउपुर नगरपालिका- ७ की बासिन्दा थिइन्। उनी बोनम्यारो क्यान्सरबाट समेत पीडित रहेको बताइएको छ।

तर घटनाको अर्को पाटो अझै अनुत्तरित छ –केदारनाथ कहाँ छन् ?

श्रीमतीको शव भेटिए पनि श्रीमान्को कुनै अत्तोपत्तो नलागेपछि परिवार र आफन्तको चिन्ता झन् गहिरिएको छ। प्रहरीले सुनकोशी नदी र आसपासका क्षेत्रमा खोजीलाई निरन्तरता दिएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीले बुधबार रातिदेखि नै दम्पतीको खोजी गरिरहेका थिए। तिलकुमारीको शव भेटिएसँगै घटनाले दुःखद मोड लिए पनि केदारनाथको अवस्थाबारे अझै रहस्य कायम छ।

प्रकाशित मिति : २०८३, २३ श्रावण आईतबार  ४ : ४८ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।