२०८३, १० कार्तिक मंगलबार

दोलालघाटबाट हराएको दम्पतीको दुःखद कथा : तिलकुमारीको शव भेटियो, केदारनाथको खोजी जारी

दोलालघाटबाट हराएको दम्पतीको दुःखद कथा : तिलकुमारीको शव भेटियो, केदारनाथको खोजी जारी


श्रीमतीको शव भेटियो, तर श्रीमान्को प्रतीक्षा अझै सकिएको छैन

काठमाडौं । दोलालघाटबाट रहस्यमय रूपमा बेपत्ता भएको वृद्ध दम्पतीमध्ये ६७ वर्षीया तिलकुमारी पराजुलीको जीवनको अन्त्य सुनकोशी नदीमा भएको पुष्टि भएको छ। तर उनीसँगै हराएका श्रीमान् केदारनाथ पराजुली अझै सम्पर्कविहीन छन्।

बुधबार साँझ काभ्रेको भुम्लु गाउँपालिका-८ दोलालघाटबाट बेपत्ता भएका तिलकुमारी र केदारनाथको खोजीमा प्रहरी र स्थानीयवासी जुटिरहेका बेला आइतबार ओखलढुंगाको सुनकोशी गाउँपालिका- १ स्थित नदीकिनारमा तिलकुमारीको शव फेला परेको हो।

शव भेटिएपछि प्रहरीले परिवारसँग सम्पर्क गरी पहिचानको प्रक्रिया अघि बढाएको थियो। परिवारले काटिएको कपाल र पिसाब थैलीका आधारमा शव तिलकुमारीकै भएको पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। तिलकुमारी मण्डनदेउपुर नगरपालिका- ७ की बासिन्दा थिइन्। उनी बोनम्यारो क्यान्सरबाट समेत पीडित रहेको बताइएको छ।

तर घटनाको अर्को पाटो अझै अनुत्तरित छ –केदारनाथ कहाँ छन् ?

श्रीमतीको शव भेटिए पनि श्रीमान्को कुनै अत्तोपत्तो नलागेपछि परिवार र आफन्तको चिन्ता झन् गहिरिएको छ। प्रहरीले सुनकोशी नदी र आसपासका क्षेत्रमा खोजीलाई निरन्तरता दिएको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीले बुधबार रातिदेखि नै दम्पतीको खोजी गरिरहेका थिए। तिलकुमारीको शव भेटिएसँगै घटनाले दुःखद मोड लिए पनि केदारनाथको अवस्थाबारे अझै रहस्य कायम छ।

प्रकाशित मिति : २०८३, २३ श्रावण आईतबार  ४ : ४८ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना