२०८३, १० कार्तिक मंगलबार

विश्व आदिवासी दिवस औपचारिक उत्सवमा सीमित नहोस् : महासचिव शंकर पोखरेल

विश्व आदिवासी दिवस औपचारिक उत्सवमा सीमित नहोस् : महासचिव शंकर पोखरेल


काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विश्व आदिवासी दिवसलाई आदिवासी जनजातिको पहिचान, अधिकार, भाषा, संस्कृति र सामाजिक न्यायको संरक्षणका लागि नयाँ सङ्कल्प गर्ने अवसरका रूपमा लिनुपर्ने बताएका छन्।

विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै पोखरेलले नेपाल तथा विश्वभर छरिएर रहेका सम्पूर्ण आदिवासी जनजाति समुदायमा शुभकामना व्यक्त गरेका छन्। उनले नेपालको प्राकृतिक विविधतासँगै सांस्कृतिक, भाषिक र सामाजिक विविधताको मुख्य आधार आदिवासी जनजातिको मौलिक संस्कृति, जीवनशैली, रैथाने ज्ञान र सभ्यता रहेको उल्लेख गरेका छन्। हिमाल, पहाडदेखि तराईसम्म फैलिएका सूचीकृत आदिवासी समुदायको योगदानबिना समृद्ध नेपालको कल्पना गर्न नसकिने उनको भनाइ छ।

प्रकृतिमैत्री जीवनशैली, जल, जमिन र जंगलसँगको पुस्तौँदेखिको सम्बन्ध तथा आदिवासी समुदायको परम्परागत ज्ञान आजको वातावरणीय संकटको समयमा विश्वकै लागि मार्गदर्शन बन्न सक्ने पोखरेलले बताएका छन्। नेपालको संविधानले आदिवासी जनजातिको अधिकार, पहिचान र समावेशितालाई आत्मसात् गरे पनि त्यसको व्यवहारिक कार्यान्वयनमा अझै चुनौती रहेको उनले उल्लेख गरेका छन्।

पोखरेलले आदिवासी भाषाको संरक्षण, मातृभाषामा शिक्षा पाउने संवैधानिक अधिकारको प्रभावकारी कार्यान्वयन, थातथलो तथा प्राकृतिक स्रोत–साधनको संरक्षण र राज्यका सबै निकायमा समानुपातिक तथा अर्थपूर्ण प्रतिनिधित्वलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। उनले विकासका नाममा हुने भू–विस्थापन तथा प्राकृतिक स्रोत–साधनमाथिको पहुँचका विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा पनि जोड दिएका छन्।

“समानुपातिक र समावेशी अधिकारसहितको संविधान र संवैधानिक व्यवस्थामाथि नै चुनौती उत्पन्न भएका बेला विश्व आदिवासी दिवस केवल औपचारिक उत्सव मनाउने दिन होइन,” पोखरेलले भनेका छन्, “यो आफ्नो पहिचानको संरक्षण गर्ने, अधिकारको उपयोग गर्ने र सामाजिक न्याय तथा सद्भावलाई अझ बलियो बनाउने सङ्कल्प गर्ने दिन बनोस्।”

महासचिव पोखरेलले विश्व आदिवासी दिवसका अवसरमा सम्पूर्ण आदिवासी जनजाति समुदायको अधिकार, पहिचान, भाषा, संस्कृति र सभ्यताको सम्मान गर्दै सामाजिक न्याय र समावेशी समृद्धिका लागि एकताबद्ध हुन आह्वान गरेका छन्।

प्रकाशित मिति : २०८३, २३ श्रावण आईतबार  ८ : ४९ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना