२०८३, २९ भाद्र मंगलबार

‘उपलब्धि उल्ट्याउने प्रयास स्वीकार्य छैन’ : आङ्देम्बेको सरकारप्रति कडा चेतावनी

‘उपलब्धि उल्ट्याउने प्रयास स्वीकार्य छैन’ : आङ्देम्बेको सरकारप्रति कडा चेतावनी


काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकका राजनीतिक उपलब्धिमाथि प्रश्न उठाउने प्रवृत्ति बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

३२औँ विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै आङ्देम्बेले सरकारका पछिल्ला गतिविधि र अभिव्यक्तिले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र गणतन्त्रको भविष्यमाथि प्रश्न खडा गरेको बताएका हुन्। उनका अनुसार संविधानमार्फत स्थापित संघीयता, समानुपातिक समावेशिता, सामाजिक न्याय तथा पहिचान र सांस्कृतिक अधिकार कुनै सरकार वा राजनीतिक दलको उपहार नभई लामो संघर्षबाट प्राप्त उपलब्धि हुन्।

प्रदेश संरचनालाई बोझका रूपमा चित्रित गर्ने र समानुपातिक प्रतिनिधित्व कमजोर बनाउने बहसप्रति असन्तुष्टि जनाउँदै आङ्देम्बेले सुधार आवश्यक भए सुधार गर्न सकिने तर उपलब्धि नै समाप्त गर्ने बाटो रोज्न नहुने बताएका छन्।

‘कमजोरी छन् भने सुधार गरौँ, समस्या छन् भने समाधान गरौँ। तर जनताको संघर्षबाट प्राप्त उपलब्धि नै मास्ने कुरा स्वीकार्य हुन सक्दैन,’ उनले भनेका छन्। आदिवासी जनजातिको पहिचान, भाषा, संस्कृति र अधिकारलाई व्यवहारमै स्थापित गर्नुपर्नेमा जोड दिँदै उनले राज्यका सबै तहमा न्यायपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताए।

प्रकाशित मिति : २०८३, २३ श्रावण आईतबार  ८ : १७ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक