२०८३, १० कार्तिक मंगलबार

‘उपलब्धि उल्ट्याउने प्रयास स्वीकार्य छैन’ : आङ्देम्बेको सरकारप्रति कडा चेतावनी

‘उपलब्धि उल्ट्याउने प्रयास स्वीकार्य छैन’ : आङ्देम्बेको सरकारप्रति कडा चेतावनी


काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकका राजनीतिक उपलब्धिमाथि प्रश्न उठाउने प्रवृत्ति बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

३२औँ विश्व आदिवासी दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै आङ्देम्बेले सरकारका पछिल्ला गतिविधि र अभिव्यक्तिले संघीयता, धर्मनिरपेक्षता, समावेशिता र गणतन्त्रको भविष्यमाथि प्रश्न खडा गरेको बताएका हुन्। उनका अनुसार संविधानमार्फत स्थापित संघीयता, समानुपातिक समावेशिता, सामाजिक न्याय तथा पहिचान र सांस्कृतिक अधिकार कुनै सरकार वा राजनीतिक दलको उपहार नभई लामो संघर्षबाट प्राप्त उपलब्धि हुन्।

प्रदेश संरचनालाई बोझका रूपमा चित्रित गर्ने र समानुपातिक प्रतिनिधित्व कमजोर बनाउने बहसप्रति असन्तुष्टि जनाउँदै आङ्देम्बेले सुधार आवश्यक भए सुधार गर्न सकिने तर उपलब्धि नै समाप्त गर्ने बाटो रोज्न नहुने बताएका छन्।

‘कमजोरी छन् भने सुधार गरौँ, समस्या छन् भने समाधान गरौँ। तर जनताको संघर्षबाट प्राप्त उपलब्धि नै मास्ने कुरा स्वीकार्य हुन सक्दैन,’ उनले भनेका छन्। आदिवासी जनजातिको पहिचान, भाषा, संस्कृति र अधिकारलाई व्यवहारमै स्थापित गर्नुपर्नेमा जोड दिँदै उनले राज्यका सबै तहमा न्यायपूर्ण प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताए।

प्रकाशित मिति : २०८३, २३ श्रावण आईतबार  ८ : १७ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना