२०८३, १८ आश्विन सोमबार

बाढी–पहिरोले राजमार्ग थला, दर्जनौँ सडकखण्डमा यातायात ठप्प

बाढी–पहिरोले राजमार्ग थला, दर्जनौँ सडकखण्डमा यातायात ठप्प


काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी, पहिरो र सडक कटानले देशभरका प्रमुख राजमार्गको यातायात प्रभावित बनेको छ। विभिन्न जिल्लामा सडक अवरुद्ध हुँदा यात्रु तथा मालवाहक सवारीसाधन समस्यामा परेका छन्।

प्रहरीका अनुसार तेह्रथुम, सिन्धुपाल्चोक, इलाम, रसुवा र रुकुम पश्चिमलगायत जिल्लाका महत्वपूर्ण सडकखण्डमा यातायात सञ्चालन हुन सकेको छैन। सिन्धुपाल्चोकमा पहिरो र सडक भासिँदा अरनिको राजमार्गका जिरोकिलो, कोदारी, लिपिङ तथा डुम्रे क्षेत्र प्रभावित भएका छन्। सडक अवरुद्ध भएपछि चीनतर्फ जाने तथा स्थानीय यातायातसमेत प्रभावित भएको छ। इलामको राजदुवालीमा मेची राजमार्ग हिलाम्मे भएपछि सडक पूर्ण रूपमा बन्द भएको छ। यता रसुवाको खाल्टे क्षेत्रमा सडक कटान भएपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक पनि ठप्प छ।

रुकुम पश्चिमको रिजेगार्ड खोलामा पहिरो खस्दा जाजरकोट–डोल्पा सडकखण्ड अवरुद्ध भएको छ। तेह्रथुमको पिङवाखोलानजिक पहिरो गएपछि मध्यपहाडी लोकमार्गमा समेत यातायात रोकिएको प्रहरीले जनाएको छ। यसैबीच, सम्भावित बाढीको जोखिमलाई ध्यान दिँदै बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा राति ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। कान्ति लोकपथमा पनि राति ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात बन्द गरिएको छ।

वर्षा अझै जारी रहेकाले सडक अवरोध थप बढ्न सक्ने भन्दै प्रहरीले यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।

प्रकाशित मिति : २०८३, २३ श्रावण आईतबार  ८ : १२ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय