भक्तपुर, २३ साउन । सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोटको धर्मेश्वर महादेव मन्दिरमा शनिवार एकाबिहानै पहेलो र रातो बस्त्र धारण गरेका महिलाहरुको हुल देखियो ।
एकाबिहानै यतिका महिलाहरुको भीड मन्दिर आसपास क्षेत्रमा कहाँबाट को आयो भनेर स्थानीय छक्क परे । बालकोट चोक क्षेत्रमा लाईन रोकएका बसबाट झर्दै महिलाहरुको ताती मन्दिर परिषरमा प्रवेश गरेसंगै मन्दिर क्षेत्र टनाटन भरियो ।
महिलाहरुलाई मन्दिर दर्शन गराउन अग्रपंक्तिमा खटिएको देखिए सूर्यविनायक नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष पुष्पराज बस्नेत र वडा सदस्यहरु ।
यो दृश्य हो आज शनिवार एकै दिन सूर्यविनायक नगरपालिका–८ सिपाडोल वडा कार्यालयको आयोजनामा सिपाडोलका ९६० जनाभन्दा बढी महिलाहरुले एकै साथ सूर्यविनायकको शिव सर्किटको भ्रमण गरि यहाँका शिवालयहरुको पुजा एवं दर्शनको ।
सूर्यविनायकको शिव सर्किटको प्रचार प्रसार एवं भ्रमण गराउने र साउन महिनाकाृ अवसरमा यहाँका १४ वटा शिवालयहरुको धार्मिक परिक्रमा गराउने उदेश्यले शिव सर्किट भ्रमण एवं धार्मिक यात्रा कार्यक्रम आयोजना गरिएको वडा नं. ८ सिपाडोलका वडा अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।
वडा अध्यक्ष बस्नेतले भन्नुभयो, “सूर्यविनायक नगरपालिकाले सूर्यविनायक गणेश मन्दिर सहित वडा नं. १ देखि १० सम्म रहेका १५ वटा शिवालयलाई समेटेर धार्मिक पर्यटनको विकास गर्ने र सूर्यविनायकलाई धार्मिक पर्यटनको केन्द्रबिन्दू बनाउने उदेश्यले निर्माण गरेकोे ‘सूर्यविनायक शिव सर्किट’ लाई जनस्तरसम्म थप प्रभावकारी रूपमा पु¥याउने उदेश्य राखेका थियौै, साउन महिनाको अवसरमा महिलाहरुलाई शिवालयको दर्शन एवं परिक्रमा गराउने उदेश्यले सूर्यविनायक नगरपालिका–८ ले महिलाहरूका लागि ‘सूर्यविनायक शिव सर्किट परिक्रमा’ आयोजना गरेका हौ, आज यो कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न सफल भयौ ।”
आज शनिवार बिहान ६ : ३० बजेदेखि सिपाडोकाल बिभिन्न टोलबाट रिजर्भ गरिएका २४ वटा बसमा भरिएका करिब ८०० महिलाहरुलाई लिएर सूर्यविनायक चाृकबाट निस्किएको यात्रा वडा नं. २ बालकोटको धर्मेश्वर मन्दिरबाट सुरु भई डालेश्व्रमा पुगेर समापन भएको थियो ।
यात्राको क्रममा बालकोटको धर्मेश्वर महादेव मन्दिरबाट सुरु भएको शिव सर्किटको धार्मिक यात्रा बालकोट र सिरुटारको संगममा रहेको गुप्तेश्वर महादेव, सिरुटारको सोमलिङ्गेश्वर महादेव, चरखण्डीश्वर महादेव, दधिकोटको अनन्तलिङ्गेश्वर महदेव, गुण्डुको मत्स्यश्वर महादेव, रामभक्तेश्वर महादेव, कटुञ्जेको सुवर्णेश्वर महादेव, सूर्यविनायक गणेश मन्दिर, सिपाडोलको आशापुरी महादेव, चित्तपोलको कैलाशनाथ महादेव, लटरम्बेश्वर महादेव, महाकांलेश्वर महादेव, नंखेलको नन्दिकेश्वर महादेव हुदै साँझ सिपाडोलको प्रसिद्ध डोलेश्वर महादेव मन्दिरको दर्शन एवं सन्ध्या आरतीमा सहभागि गराई यात्रा समापन गरिएको वडा अध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिनुभयो ।
बालकोटबाट यहाँका करिब २४ जना महिला यात्रामा थपिए पछि एक बस थपर २५ वटा बसमा यात्रा गराईएको थियो । यात्राका क्रममा महिलाहरुले भजनमा नाचगान गर्नुका साथै यात्रालाई अबिस्मरणीय बनाईएका थियो । सबै गाडीमा टोली नेता छानेर जिम्मा लगाइएको थियो भने वडा अध्यक्ष बस्नेतदेखि वडा सदस्यहरु साबित्री मिश्र, अञ्जना नेपाली, बिक्रम तामाङ्गलगायत बिभिन्न वडामा पुग्दा वडा अध्यक्ष एवं जनप्रतिनिधिहरुले स्वागत एवं सहयोग गरेका थिए ।
साउन महिनाको यस भ्रमणले धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै स्थानीय धार्मिक सम्पदाको पहिचान, संरक्षण र प्रचारमा समेत टेवा पुग्ने र देश तथा विदेशका बिभिन्न ठाउँबाट दर्शनार्थीको आगमन भई धार्मिक पर्यटनको हव बन्ने विश्वास लिएको वडा नं. १ को वडा अध्यक्ष सानुकाजी कायस्थले बताउनुभयो ।








प्रतिक्रिया