२०८३, २९ भाद्र मंगलबार

राष्ट्रका समस्या समाधान गर्ने क्षमता एमालेसँग मात्रै छ : शंकर पोखरेल

राष्ट्रका समस्या समाधान गर्ने क्षमता एमालेसँग मात्रै छ : शंकर पोखरेल


काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रका समस्या समाधान गर्ने क्षमता एमालेबाहेक अन्य कुनै राजनीतिक दलसँग नरहेको दाबी गरेका छन्।

शनिबार नेकपा (एमाले) तारकेश्वर नगर कमिटीले आयोजना गरेको ‘मिसन पार्टी जागरण–२०८३’ तथा पुष्पलाल स्मृति दिवस कार्यक्रममा बोल्दै पोखरेलले प्रमुख राजनीतिक दलहरूले आफ्ना कमी–कमजोरी सच्याउँदै अघि बढ्नु नै नेपालको राजनीतिक भविष्यका लागि सुरक्षित बाटो भएको बताएका हुन्।

उनले पार्टी र आन्दोलन कमजोर हुनुका कारण पहिचान गरी त्यसको समाधान गर्नु अहिले एमालेको प्रमुख सांगठनिक कार्यभार रहेको बताए। पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउन शुद्धीकरण, सुदृढीकरण र रूपान्तरण आवश्यक रहेको उनको भनाइ थियो।

‘हाम्रो पार्टी र आन्दोलन कमजोर हुनुका कारण पहिचान गरी तिनको सम्बोधन गर्नु नै अहिलेको पार्टी निर्माण र संगठन सुदृढीकरणको मुख्य विषय हो,’ पोखरेलले भने।

निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसकेको अवस्थामा कार्यकर्ता पलायन हुनु पार्टीका लागि गम्भीर चुनौती भएको उनले बताए। कार्यकर्ता पलायन भइसकेपछि पार्टीलाई नयाँ ढंगले अघि बढाउँदा उनीहरूलाई पुनः संगठित गर्न कठिन हुने उनको भनाइ थियो।

पोखरेलले जनताको मनोविज्ञान र भावनालाई बुझेर अघि बढ्न सके एमालेले वर्तमान चुनौती सामना गर्न सक्ने दाबी गरे।

‘हामीले चुनाव हारेका छौँ, तर जनताको मनोविज्ञान र भावनालाई बुझेर अघि बढ्ने संकल्प गर्ने हो भने आजका चुनौती सामना गर्ने सामर्थ्य यही पार्टीसँग छ,’ उनले भने।

उनले ‘देखाइदिऊँ’ भन्ने राजनीतिक प्रवृत्तिको परिणाम मुलुकले भोगिरहेको समेत बताए। प्रमुख राजनीतिक दलहरूले आफ्ना कमजोरी सच्याएर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले यही बाटो नेपालको राजनीतिक भविष्यका लागि सुरक्षित हुने बताए।

‘राष्ट्रका समस्याहरू समाधान गर्ने क्षमता यही पार्टीबाहेक अरू कुनै पार्टीसँग छ भन्ने मलाई लाग्दैन,’ पोखरेलले भने।

उनले एमालेको संगठनलाई थप सुदृढ बनाउँदै जनतासँगको सम्बन्ध बलियो बनाउनुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २०८३, २२ श्रावण शनिबार  ५ : ४० बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक