२०८३, १० कार्तिक मंगलबार

राष्ट्रका समस्या समाधान गर्ने क्षमता एमालेसँग मात्रै छ : शंकर पोखरेल

राष्ट्रका समस्या समाधान गर्ने क्षमता एमालेसँग मात्रै छ : शंकर पोखरेल


काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रका समस्या समाधान गर्ने क्षमता एमालेबाहेक अन्य कुनै राजनीतिक दलसँग नरहेको दाबी गरेका छन्।

शनिबार नेकपा (एमाले) तारकेश्वर नगर कमिटीले आयोजना गरेको ‘मिसन पार्टी जागरण–२०८३’ तथा पुष्पलाल स्मृति दिवस कार्यक्रममा बोल्दै पोखरेलले प्रमुख राजनीतिक दलहरूले आफ्ना कमी–कमजोरी सच्याउँदै अघि बढ्नु नै नेपालको राजनीतिक भविष्यका लागि सुरक्षित बाटो भएको बताएका हुन्।

उनले पार्टी र आन्दोलन कमजोर हुनुका कारण पहिचान गरी त्यसको समाधान गर्नु अहिले एमालेको प्रमुख सांगठनिक कार्यभार रहेको बताए। पार्टीलाई वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउन शुद्धीकरण, सुदृढीकरण र रूपान्तरण आवश्यक रहेको उनको भनाइ थियो।

‘हाम्रो पार्टी र आन्दोलन कमजोर हुनुका कारण पहिचान गरी तिनको सम्बोधन गर्नु नै अहिलेको पार्टी निर्माण र संगठन सुदृढीकरणको मुख्य विषय हो,’ पोखरेलले भने।

निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न नसकेको अवस्थामा कार्यकर्ता पलायन हुनु पार्टीका लागि गम्भीर चुनौती भएको उनले बताए। कार्यकर्ता पलायन भइसकेपछि पार्टीलाई नयाँ ढंगले अघि बढाउँदा उनीहरूलाई पुनः संगठित गर्न कठिन हुने उनको भनाइ थियो।

पोखरेलले जनताको मनोविज्ञान र भावनालाई बुझेर अघि बढ्न सके एमालेले वर्तमान चुनौती सामना गर्न सक्ने दाबी गरे।

‘हामीले चुनाव हारेका छौँ, तर जनताको मनोविज्ञान र भावनालाई बुझेर अघि बढ्ने संकल्प गर्ने हो भने आजका चुनौती सामना गर्ने सामर्थ्य यही पार्टीसँग छ,’ उनले भने।

उनले ‘देखाइदिऊँ’ भन्ने राजनीतिक प्रवृत्तिको परिणाम मुलुकले भोगिरहेको समेत बताए। प्रमुख राजनीतिक दलहरूले आफ्ना कमजोरी सच्याएर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले यही बाटो नेपालको राजनीतिक भविष्यका लागि सुरक्षित हुने बताए।

‘राष्ट्रका समस्याहरू समाधान गर्ने क्षमता यही पार्टीबाहेक अरू कुनै पार्टीसँग छ भन्ने मलाई लाग्दैन,’ पोखरेलले भने।

उनले एमालेको संगठनलाई थप सुदृढ बनाउँदै जनतासँगको सम्बन्ध बलियो बनाउनुपर्नेमा जोड दिए।

प्रकाशित मिति : २०८३, २२ श्रावण शनिबार  ५ : ४० बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना