२०८३, १० कार्तिक मंगलबार

एक सिलिन्डर ग्यास ७ हजारमा बेच्ने पक्राउ, भक्तपुरमा कालोबजारी

एक सिलिन्डर ग्यास ७ हजारमा बेच्ने पक्राउ, भक्तपुरमा कालोबजारी


भक्तपुर । उपभोक्ताको बाध्यताको फाइदा उठाउँदै खाना पकाउने एलपी ग्यास चर्को मूल्यमा बिक्री गरेको आरोपमा भक्तपुरबाट एक जना पक्राउ परेका छन्।

चाँगुनारायण नगरपालिका–२, दुवाकोट बारुदखाना चोकमा भाडामा बस्दै आएका ५७ वर्षीय तुलसीराम त्वयनालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार त्वयनाले उपभोक्तालाई प्रतिसिलिन्डर ७ हजार रुपैयाँमा एलपी ग्यास बिक्री गरिरहेको सूचना पाएपछि अनुगमन गरिएको थियो। अनुगमनका क्रममा उनको साथबाट ३ थान ग्यास सिलिन्डर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

सामान्य अवस्थामा बिक्री हुने ग्यासमा कृत्रिम अभाव सिर्जना गरी मनपरी मूल्य असुल्ने गतिविधिलाई कालोबजारीका रूपमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका त्वयनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

प्रकाशित मिति : २०८३, २२ श्रावण शनिबार  ५ : ३७ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना