भक्तपुर, २२ साउन । मध्यपुर थिमि नगरपालिकाले चारवर्षको अन्तरालमा आन्तरिक राजस्व संकलनतर्फ ९३.३९ प्रतिशतले बृद्धि गरेको छ ।
आज क्रियासिल पत्रकार मञ्च भक्तपुरले मध्यपुरथिमिमा आयोजना गरेको मध्यपुरथिमि नगरपालिकाको चारवर्षे विकास र उपलब्धिताबारे सञ्चारकर्मीहरुसंग अन्तरक्रिया

कार्यक्रममा बोल्दै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले कुनै पनि करमा बृद्धि नगरे पनि तीन गुणा राजस्व संकलनमा बृद्धि गर्न सफल भएको बताउनुभयो । उहाँले नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा ५२ करोड ५६ लाख १ हजार ४२७ रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको बताउदै अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा संकलन भएको २७ करोड १७ लाख ५८ हजार ५८५ रुपैयाँ अर्थात १९.९३ प्रतिशतको तुलनामा गत असार मसान्तसम्म ९३.३९ प्रतिशतले बृद्धि गरेको बताउनुभयो ।

उहाँले आर्थिक वर्ष २०७८/७९ मा १८ करोड ४५ लाख ९४ हजार ६६७ रुपैयाँ, आर्थिक वर्ष २०७९/८० मा २४ करोड १३ लाख ३८ हजार ७४८ अथात ३०.७४ प्रतिशतले बृद्धि, आर्थिक वर्ष २०८०/८१ मा ३० करोड ०४ लाख ४४ हजार ५६५ अर्थात २४.३९ प्रतिशत राजस्व संकलन गरेको बताउनुभयो ।

आवासीय घरबहाल कर १० प्रतिशतबाट ५ प्रतिशतमा घटाएको बताउदै उहाँले वर्षौदेखि कर नतिरि बसेका ठूला व्यवसायीहरुसंग कर संकलन गर्न सफल भएको, करको दायरामा नआएका व्यवसायहरुलाई करको दायरामा ल्याएको, करको दायरा बिस्तार गर्दै कराको नीतिमा सुधार ल्याउँदा फड्का मारेको उहाँले बताउनुभयो ।
नगर प्रमुख श्रेष्ठले संघीय सरकारले चालू आर्थिक वषएमा पूर्वाधार विकास तर्फ जम्मा ५५ लाख रुपैयाँको बजट मात्रै पठाएको बताउदै नगरपालिकासंग ६२ करोड मौज्दात रहेको र आफ्नै आन्तरिक श्रोतबाट ३६ करोडको लागतमा नगरपालिकाको आफ्नै सुबिधा सम्पन्न भवन निर्माण सरु भएको बताउनुभयो ।
नगर प्रमुख श्रेष्ठले भन्नुभयो, ‘हाम्रो चार वर्षे कार्यकालमा सुशासन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन तथा राजस्व व्यवस्थापनलगायतका क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेका छौं, सीमित स्रोत–साधनका बाबजुद पारदर्शिता, जवाफदेहिता र सहभागितामूलक विकासलाई प्राथमिकतामा राखेर काम गरिएका छौं, ७९ वटा ऐन, नियम, कार्यविधि तथा निर्देशिका निर्माण गरी कार्यान्वयनमा ल्याइएको छौं । जनताको गुनासो नआउने गरि सामवेशी रुपमा आवश्इकता अनुसार काम गरिरहेका छौं ।”
सामुदायिक विद्यालयको गुणस्तर सुधार, स्थानीय पाठ्यक्रम कार्यान्वयन, शिक्षक व्यवस्थापन, कक्षा १ देखि १० सम्म ४ हजार ८१४ जनालाई र कक्षा ११ र १२ तफ २०४ जनालाई छात्रवृत्ति वितरण गरएको, केन्द्रीकृत भान्छाघरमार्फत कक्षा ५ सम्मका करिब २ हजार ७०० विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराइएको यै वर्षदेखि कक्षा ८ सम्मलाई दिवा खाजाको व्यबस्था गरिने बताउनुभयो ।
नगरपालिकाले स्वास्थ्यतर्फ ज्येष्ठ नागरिक, दलित, एकल महिला र अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य बीमा, रेबिज तथा निमोनिया खोप, क्यान्सर परीक्षण, होमियोप्याथिक सेवा र ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रम सञ्चालन गरिएको बताउदै उहाँले नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालमा डायलासिस, सिटी स्क्यान, ब्लड बैंक, आमा सुरक्षा कार्यक्रम, शल्यक्रिया तथा अन्य विशेषज्ञ सेवा विस्तार र्दै दैनिक १२ सय विरामीलाई सेवा दिइरहेको बतानुभो ।
पूर्वाधार विकासतर्फ सडक पक्कि गर्ने कार्य, घरघरमा खानेपानीको पुर्याउने कार्य, विद्यालय भवन निर्माण गर्ने, स्वास्थ्य संस्था, पार्क, मठ मन्दिर पुर्ननिर्माण, मूर्त, अमूर्त सम्पदाको संरक्षण गर्ने, मध्यपुर उज्यालो अभियान अन्तर्गत मध्यपुर क्षेत्रभित्र बिभिन्न सडकमा १६ किलोमिटर क्षेत्रमा स्मार्ट लाइट जडान गरि सञ्चालनमा ल्याएको बताउनुभयो ।
उहाँले नीलबाराही क्षेत्र संरक्षणकाको कार्य भइरहेको, समस्याग्रस्त सहकारी व्यवस्थापन समिति गठन गरी कृषि वचत तथा ऋण सहकारी संस्थाका ५१२ जना वचत कर्तालाई कुल ५२ लाख ४० हजार रुपैंया फिर्ता गरिएको, शिक्षा, स्वास्थ्य, सम्पदा र रोजगारीका क्षेत्रमा नगरपालिकाले लगानी बढाउदै आएको बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले चालू आ.ब.का लागि नगरपालिकाले २ अर्ब ७१ करोडको बजेट कार्यान्वयनमा ल्याईसकेको बताउदै शिक्षा, स्वास्थ्य र पूर्वाधारको क्षेत्रमा बजेट खर्च गरिने बताउनुभयो । नगरपालिकाद्धारा सञ्चालित नेपाल कोरिया मैत्री नगर अस्पतालले दनिक १२ सय विरामीलाई सेवा दिइरहेको र निर्माण सम्पन्न हुन लागेको सुबिधा सम्पन्न नयाँ भवनमा बिशिष्टिकृत सेवा सञ्चालन गरिने, बिमा रकम नपाउँदा पनि नगरपालिकाले ७७ वटै जिल्लाबाट सेवा लिन आएका विरामीलाई सेवा प्रवाह गरिरहेको बताउनुभयो ।
नगरपालिकाका प्रशासकीय प्रमुख भोजराज घिमिरेले विगत चार वर्षको बजेट कार्यान्वयनमा निकै ठूलो उपलब्धि हासिल गरेको बताउदै जनप्रतिनिधिको अन्तिम कार्यकालको रुपमा रहेको यस वर्ष पनि जनताको चाहना र आवश्यकता अनुसार महत्वपूर्ण उपलब्धि आउने गरि काम गर्ने बताउनुभयो ।
कार्यक्रमका सभापति एवं क्रियासिल पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीले स्थानीय तहको विकासलाई जनप्रतिनिधिले जनतासंग जोडेर लैजानु पर्ने बताउदै सञ्चार माध्यमसंग स्थानीय तह एकाकार भएर जानु पर्ने बताउनुभयो ।
कार्यक्रमका संयोजक पुष्करराज बुढाथोकीले स्थानीय तह स्थानीयवासीका लागि नजिकको सिंहदरबार भएको औल्याउँदै जनताको सहज पहुँच र स्थानीइ आवश्यकतालाई जनप्रतिनिधिले महत्व दिनु पर्ने बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका वडा नं. १ देखि ९ नम्बरसम्मका वडा अध्यक्षहरु, नगरपालिकाका विभागीय प्रमुखहरु, कार्यपालिकाका सदस्यहरु, पत्रकारहरु, कर्मचारीहरु र नगर प्रहरी लगायतको उपस्थिति रहेको थियो ।













प्रतिक्रिया