२०८३, १९ आश्विन मंगलबार

देउवा पक्राउ भए कांग्रेस सडकमा उत्रिन्छ : शशांक कोइराला

देउवा पक्राउ भए कांग्रेस सडकमा उत्रिन्छ : शशांक कोइराला


काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किने क्रममा प्रहरीले धरपकड गरे कांग्रेस प्रतिरोधमा उत्रिने चेतावनी दिएका छन्।

शुक्रबार चुनदेवीमा नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले देउवामाथि कुनै पनि प्रकारको पक्राउ वा धरपकडको प्रयास स्वीकार्य नहुने बताए।

उनले साउन २६ गते नेपाल फर्किने तयारीमा रहेका देउवालाई लक्षित गरी धरपकड हुन सक्ने आशंका व्यक्त गर्दै त्यसो भए पार्टीले कडा विरोध गर्ने बताए।

कोइरालाका अनुसार देउवा साउन २९ गते संस्थापन इतर पक्षले आयोजना गर्ने भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उक्त भेलामार्फत पार्टीको समसामयिक राजनीतिक अवस्था तथा आगामी रणनीतिबारे धारणा सार्वजनिक गरिने जनाइएको छ।

पछिल्लो समय कांग्रेसभित्र देखिएको आन्तरिक विवाद र राजनीतिक गतिविधिका बीच देउवाको स्वदेश आगमनलाई विशेष महत्वका साथ हेरिएको छ।

प्रकाशित मिति : २०८३, २१ श्रावण शुक्रबार  ७ : ५० बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि