२०८३, १० कार्तिक मंगलबार

देउवा पक्राउ भए कांग्रेस सडकमा उत्रिन्छ : शशांक कोइराला

देउवा पक्राउ भए कांग्रेस सडकमा उत्रिन्छ : शशांक कोइराला


काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले पूर्वसभापति शेरबहादुर देउवा स्वदेश फर्किने क्रममा प्रहरीले धरपकड गरे कांग्रेस प्रतिरोधमा उत्रिने चेतावनी दिएका छन्।

शुक्रबार चुनदेवीमा नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले देउवामाथि कुनै पनि प्रकारको पक्राउ वा धरपकडको प्रयास स्वीकार्य नहुने बताए।

उनले साउन २६ गते नेपाल फर्किने तयारीमा रहेका देउवालाई लक्षित गरी धरपकड हुन सक्ने आशंका व्यक्त गर्दै त्यसो भए पार्टीले कडा विरोध गर्ने बताए।

कोइरालाका अनुसार देउवा साउन २९ गते संस्थापन इतर पक्षले आयोजना गर्ने भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। उक्त भेलामार्फत पार्टीको समसामयिक राजनीतिक अवस्था तथा आगामी रणनीतिबारे धारणा सार्वजनिक गरिने जनाइएको छ।

पछिल्लो समय कांग्रेसभित्र देखिएको आन्तरिक विवाद र राजनीतिक गतिविधिका बीच देउवाको स्वदेश आगमनलाई विशेष महत्वका साथ हेरिएको छ।

प्रकाशित मिति : २०८३, २१ श्रावण शुक्रबार  ७ : ५० बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना