२०८३, १९ आश्विन मंगलबार

२६ मा स्वदेश फर्किने, २९ गते राष्ट्रिय भेलालाई सम्बोधन गर्ने

२६ मा स्वदेश फर्किने, २९ गते राष्ट्रिय भेलालाई सम्बोधन गर्ने


काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वास्थ्योपचार पूरा गरी साउन २६ गते स्वदेश फर्किने भएका छन्।

देउवानिकट कांग्रेस नेता राजु श्रेष्ठका अनुसार देउवा साउन २६ गते राति ९ः४५ बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ। उनी एक्लै नेपाल फर्किनेछन् भने परिवारका अन्य सदस्य केही समयपछि स्वदेश फर्किनेछन्।

देउवा स्वास्थ्योपचारका लागि फागुन १३ गते सिंगापुर गएका थिए। त्यसपछि चैत ७ गते उनी हङकङ पुगेका थिए र केही समय त्यहाँ बसेपछि पुनः सिंगापुर फर्किएका थिए।

स्वदेश फर्किएलगत्तै देउवाले पार्टीका गतिविधिमा सक्रियता बढाउने तयारी गरेका छन्। नेता श्रेष्ठका अनुसार उनले साउन २९ गते आयोजना हुने कांग्रेसको राष्ट्रिय भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

प्रकाशित मिति : २०८३, २० श्रावण बिहीबार  ४ : २२ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि