२०८३, २९ भाद्र मंगलबार

कांग्रेसको आधिकारिकता विवादमा आज सर्वोच्चको निर्णायक सुनुवाइ

कांग्रेसको आधिकारिकता विवादमा आज सर्वोच्चको निर्णायक सुनुवाइ


काठमाडौं ।  नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निवर्तमान सभापति शेरबहादुर देउवाले दायर गरेको पुनरावलोकन निवेदनमाथि आज सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ। यसलाई कांग्रेसभित्रको नेतृत्व विवादको महत्वपूर्ण कानुनी मोडका रूपमा हेरिएको छ।

प्रधानन्यायाधीश मनोज शर्मा तथा न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासमा पुनरावलोकन निवेदनमाथि सुनुवाइ हुने तय भएको छ।

आजको सुनुवाइपछि सर्वोच्च अदालतले पुनरावलोकनको निस्सा (अनुमति) दिने वा नदिने विषयमा निर्णय गर्नेछ। निस्सा स्वीकृत भए मुद्दा पुनः विस्तृत सुनुवाइमा जानेछ भने अस्वीकृत भए यसअघिको आदेश नै कायम रहनेछ।

कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले यसअघि दिएको आदेशविरुद्ध निवर्तमान सभापति देउवाले पुनरावलोकनको निवेदन दिएका थिए। आजको सुनुवाइ र त्यसबाट आउने आदेशलाई कांग्रेसको आन्तरिक शक्ति सन्तुलन र नेतृत्व विवादका दृष्टिले चासोका साथ हेरिएको छ।

प्रकाशित मिति : २०८३, २० श्रावण बिहीबार  ३ : ४९ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक