२०८३, १० कार्तिक मंगलबार

आज कहाँ–कहाँ पर्छ भारी वर्षा? यी प्रदेशमा उच्च सतर्कता अपनाउन मौसम विभागको आग्रह

आज कहाँ–कहाँ पर्छ भारी वर्षा? यी प्रदेशमा उच्च सतर्कता अपनाउन मौसम विभागको आग्रह


काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेसँगै आज पनि विभिन्न प्रदेशमा मेघगर्जन, चट्याङसहित वर्षा हुने तथा केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई भूभाग नजिक रहेकाले देशभर मौसम सामान्यदेखि पूर्ण बदली भएको छ। अहिले बागमती र गण्डकी प्रदेशका केही स्थान तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यम वर्षा भइरहेको छ।

विभागका अनुसार आज बागमती र गण्डकी प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्र, कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, मधेस प्रदेश र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना छ। त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान तथा मधेस प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

हिमाली क्षेत्रमा मध्यम वर्षासँगै हिमपात हुन सक्ने सम्भावना पनि रहेको छ। आज राति पनि मौसम सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा मेघगर्जन–चट्याङसहित वर्षा हुने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।

मौसमविद्हरूले भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा नदी–नाला, पहिरो प्रभावित क्षेत्र तथा डुबान हुन सक्ने स्थानमा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८३, २० श्रावण बिहीबार  ८ : ५८ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना