२०८३, १० कार्तिक मंगलबार

ओली ब्याक भएपछि कोशीमा हिक्मत कार्कीलाई निरन्तरता, उपयुक्त समयमा मात्रै नेतृत्व परिवर्तन

ओली ब्याक भएपछि कोशीमा हिक्मत कार्कीलाई निरन्तरता, उपयुक्त समयमा मात्रै नेतृत्व परिवर्तन


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा नदिने अडान कायम राखेपछि तत्कालका लागि उनकै नेतृत्वमा प्रदेश सरकारलाई निरन्तरता दिने सहमति भएको छ।

बुधबार नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली निवासमा मुख्यमन्त्री हिक्मत कार्की, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र प्रदेश सचिव राजकुमार भण्डारीबीच भएको छलफलपछि तत्काल नेतृत्व परिवर्तन नगर्ने निष्कर्ष निकालिएको हो।

छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रदेश अध्यक्ष घनश्याम खतिवडाले तत्कालका लागि मुख्यमन्त्री कार्कीले नै सरकारको नेतृत्व गर्ने र पार्टी अध्यक्षले उपयुक्त समय ठानेपछि मात्रै नेतृत्व परिवर्तन हुने बताए।

उनका अनुसार छलफलमा अध्यक्ष ओलीले आवश्यक ठानेको समयमा मुख्यमन्त्रीसहित मन्त्रीहरूले राजीनामा दिनुपर्ने सर्तसमेत राखेका छन्। “अध्यक्षले उपयुक्त वातावरण जतिखेर देख्नुहुन्छ, त्यतिबेला सबैले निर्देशन मान्नुपर्छ। बस्नुपरे बस्ने र छोड्नुपरे छोड्ने निष्कर्षमा पुगेका छौं,” खतिवडाले भने।

यससँगै कोशी प्रदेशमा नेतृत्व परिवर्तनको चर्चा तत्कालका लागि स्थगित भएको छ भने मुख्यमन्त्री हिक्मत कार्कीकै नेतृत्वमा प्रदेश सरकार अघि बढ्ने भएको छ।

प्रकाशित मिति : २०८३, १९ श्रावण बुधबार  ८ : ५४ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना