२०८३, १८ आश्विन सोमबार

रेडक्रसका ६२ जिल्ला शाखालाई २१ दिनभित्र बक्यौता बुझाउन निर्देशन

रेडक्रसका ६२ जिल्ला शाखालाई २१ दिनभित्र बक्यौता बुझाउन निर्देशन


काठमाडौं । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले ६२ वटा जिल्ला शाखालाई लामो समयदेखि बाँकी रहेको बक्यौता रकम २१ दिनभित्र केन्द्रीय खातामा जम्मा गर्न निर्देशन दिएको छ।

महामन्त्री ऋषिरमण खनालले सम्बन्धित जिल्ला शाखाहरूलाई पत्राचार गर्दै तोकिएको समयभित्र अनिवार्य रूपमा बक्यौता रकम केन्द्रीय कार्यालयको बैंक खातामा जम्मा गरी भौचर वा अन्य प्रमाणसमेत पठाउन आग्रह गरेका छन्।

केन्द्रीय कार्यालयका अनुसार विभिन्न निकायबाट भएका अध्ययन, छानबिन तथा समाज कल्याण परिषद्को सुझावका आधारमा बक्यौता असुली प्रक्रिया अघि बढाइएको हो। ती ६२ जिल्ला शाखामा ब्लड ब्याग, किटलगायत विभिन्न शीर्षकमा करिब २५ वर्षदेखिको झण्डै २ करोड रुपैयाँ बक्यौता रहेको जनाइएको छ।

महामन्त्री खनालले तोकिएको समयसीमाभित्र रकम दाखिला नगरे प्रचलित ऐन, कानुन तथा संस्थाको विधानबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएका छन्।

नेपाल रेडक्रस सोसाइटीभित्र लामो समयदेखि आर्थिक अनियमितता र बेरुजुसम्बन्धी प्रश्न उठिरहेका बेला नयाँ नेतृत्वले थालेको यो कदमले केन्द्र र जिल्ला शाखाबीचको आर्थिक अनुशासन तथा वित्तीय प्रणालीलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८३, १९ श्रावण बुधबार  १० : १५ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय