२०८३, १९ श्रावण बुधबार

ओलीको आग्रहपछि पनि हिक्मत कार्कीको अडान कायम, आज फेरि निर्णायक छलफल

ओलीको आग्रहपछि पनि हिक्मत कार्कीको अडान कायम, आज फेरि निर्णायक छलफल


विराटनगर । नेकपा (एमाले) भित्र कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तनको विषयमा सहमति जुट्न नसकेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली, मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेश नेतृत्वबीच आज पुनः छलफल हुने भएको छ।

एमाले कोशीका अनुसार आज दिउँसो हुने छलफलमा मुख्यमन्त्री परिवर्तनको विषयमा अन्तिम निर्णय निकाल्ने प्रयास गरिनेछ। बैठकको समय भने अझै तय गरिएको छैन।

मंगलबार अध्यक्ष ओलीले एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारीसँग छलफल गरेका थिए। त्यसपछि मुख्यमन्त्री कार्कीसँग अध्यक्ष ओलीको छुट्टै ‘वान–टु–वान’ भेटवार्ता भएको थियो।

छलफलका क्रममा अध्यक्ष ओलीले वर्तमान मुख्यमन्त्री कार्कीको स्थानमा तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने पार्टीको निर्णय रहेको दोहोर्‍याएको स्रोतको दाबी छ। उनले प्रदेश नेतृत्वलाई उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको पनि जनाइएको छ।

तर, अध्यक्ष ओलीसँगको भेटपछि पनि मुख्यमन्त्री कार्की राजीनामा दिन सहमत नभएको बताइएको छ। कार्कीले अहिलेको अवस्थामा मुख्यमन्त्री परिवर्तन गर्दा राम्रो राजनीतिक सन्देश नजाने धारणा राखेका छन्।

यसअघि एमाले सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले अध्यक्षको निर्देशन भन्दै कार्कीसँग राजीनामा मागेका थिए। त्यसबेला कार्कीले संस्थागत निर्णयबिना राजीनामा नदिने अडान लिएका थिए।

मुख्यमन्त्रीले राजीनामा नदिएपछि प्रदेश इन्चार्ज राईले विराटनगरमा एमाले प्रदेश सांसदहरूसँग वैकल्पिक उपायबारे छलफल गरिरहेका छन्।

संविधानको धारा १६८(५) अन्तर्गत नियुक्त भएका मुख्यमन्त्री कार्कीले पदबाट राजीनामा नदिएसम्म नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाउन कठिन हुने देखिएको छ। यसअघि उनलाई संसदीय दलको नेताबाट हटाउने विकल्पमा पनि छलफल भएको थियो। तर दलको नेताबाट हटाउँदैमा मुख्यमन्त्री पद स्वतः नजाने संवैधानिक व्यवस्थाका कारण एमालेभित्र मुख्यमन्त्री परिवर्तनको विषय जटिल बनेको छ।

प्रकाशित मिति : २०८३, १९ श्रावण बुधबार  ९ : ५४ बजे

रेडक्रसका ६२ जिल्ला शाखालाई २१ दिनभित्र बक्यौता बुझाउन निर्देशन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले ६२ वटा जिल्ला

ओलीको आग्रहपछि पनि हिक्मत कार्कीको अडान कायम, आज फेरि निर्णायक छलफल

विराटनगर । नेकपा (एमाले) भित्र कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तनको विषयमा

अर्थमन्त्री स्वर्णिम वाग्लेले आज राष्ट्र बैंकका कार्यकारी निर्देशकसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपाल राष्ट्र बैंकका

आज यी क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहँदा बुधबार केही प्रदेशका

नसर्ने रोगको जोखिम रोक्न सूर्यविनायक र बेथानचोकको सहकार्य – औषधिभन्दा चेतना ठूलो : संयोजक रविन्द्र सापकोटा

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका र काभ्रेको बथानचोक गाउँपालिकाको स्वास्थ्यकर्मीलाई