२०८३, १० कार्तिक मंगलबार

ओलीको आग्रहपछि पनि हिक्मत कार्कीको अडान कायम, आज फेरि निर्णायक छलफल

ओलीको आग्रहपछि पनि हिक्मत कार्कीको अडान कायम, आज फेरि निर्णायक छलफल


विराटनगर । नेकपा (एमाले) भित्र कोशी प्रदेशको मुख्यमन्त्री परिवर्तनको विषयमा सहमति जुट्न नसकेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली, मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेश नेतृत्वबीच आज पुनः छलफल हुने भएको छ।

एमाले कोशीका अनुसार आज दिउँसो हुने छलफलमा मुख्यमन्त्री परिवर्तनको विषयमा अन्तिम निर्णय निकाल्ने प्रयास गरिनेछ। बैठकको समय भने अझै तय गरिएको छैन।

मंगलबार अध्यक्ष ओलीले एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारीसँग छलफल गरेका थिए। त्यसपछि मुख्यमन्त्री कार्कीसँग अध्यक्ष ओलीको छुट्टै ‘वान–टु–वान’ भेटवार्ता भएको थियो।

छलफलका क्रममा अध्यक्ष ओलीले वर्तमान मुख्यमन्त्री कार्कीको स्थानमा तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने पार्टीको निर्णय रहेको दोहोर्‍याएको स्रोतको दाबी छ। उनले प्रदेश नेतृत्वलाई उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको पनि जनाइएको छ।

तर, अध्यक्ष ओलीसँगको भेटपछि पनि मुख्यमन्त्री कार्की राजीनामा दिन सहमत नभएको बताइएको छ। कार्कीले अहिलेको अवस्थामा मुख्यमन्त्री परिवर्तन गर्दा राम्रो राजनीतिक सन्देश नजाने धारणा राखेका छन्।

यसअघि एमाले सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले अध्यक्षको निर्देशन भन्दै कार्कीसँग राजीनामा मागेका थिए। त्यसबेला कार्कीले संस्थागत निर्णयबिना राजीनामा नदिने अडान लिएका थिए।

मुख्यमन्त्रीले राजीनामा नदिएपछि प्रदेश इन्चार्ज राईले विराटनगरमा एमाले प्रदेश सांसदहरूसँग वैकल्पिक उपायबारे छलफल गरिरहेका छन्।

संविधानको धारा १६८(५) अन्तर्गत नियुक्त भएका मुख्यमन्त्री कार्कीले पदबाट राजीनामा नदिएसम्म नयाँ मुख्यमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाउन कठिन हुने देखिएको छ। यसअघि उनलाई संसदीय दलको नेताबाट हटाउने विकल्पमा पनि छलफल भएको थियो। तर दलको नेताबाट हटाउँदैमा मुख्यमन्त्री पद स्वतः नजाने संवैधानिक व्यवस्थाका कारण एमालेभित्र मुख्यमन्त्री परिवर्तनको विषय जटिल बनेको छ।

प्रकाशित मिति : २०८३, १९ श्रावण बुधबार  ९ : ५४ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा