२०८३, ९ भाद्र बुधबार

आज यी क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

आज यी क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह


काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहँदा बुधबार केही प्रदेशका पहाडी तथा तराई भूभागमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ, नेपालको तराई भूभाग नजिक अवस्थित छ। यसको प्रभावका कारण बिहानदेखि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ।

पछिल्लो २४ घण्टामा कञ्चनपुरको शान्तिपुर–बेलौरीमा सबैभन्दा बढी १२२ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै, सिन्धुपाल्चोकको गोब्रेमा ११९.६ मिलिमिटर र सर्लाहीको मनुस्मारामा ८५.८ मिलिमिटर वर्षा भएको छ। अन्य प्रदेशका विभिन्न स्थानमा पनि मध्यमदेखि भारी वर्षा भएको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ भने पहाडी भूभागका धेरै स्थान र तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने अनुमान गरिएको छ।

कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभाग, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्र तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

रातिको समयमा पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग तथा मधेश प्रदेशका धेरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका थोरै स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।

महाशाखाले विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा राति भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेकाले ती क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। साथै नदी, खोला तथा पहिरोको जोखिमयुक्त क्षेत्रमा आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।

प्रकाशित मिति : २०८३, १९ श्रावण बुधबार  ९ : ०७ बजे

बाढीपहिरोका कारण कांग्रेसको महिला उद्यमशीलता सम्मेलन स्थगित

काठमाडौं । देशका विभिन्न स्थानमा बाढी तथा प्रतिकूल मौसमका कारण

रसुवा बाढी प्रभावितलाई डब्ल्युएचओको स्वास्थ्य सामग्री सहयोग, १ हजार जनाका लागि औषधि पठाइँदै

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले रसुवाको भोटेकोशी नदीमा आएको

बाढीको जोखिमले काठमाडौंबाट धादिङ, रसुवा र चितवन जाने गाडि काठमाडौंमै रोकिए

काठमाडौं । चीनतर्फबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशूली नदीतर्फ

रसुवा बाढी : ड्रोनदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन, खोजी तथा उद्धार तीव्र

काठमाडौं । रसुवामा आएको भीषण बाढीपछि प्रभावित तथा बेपत्ता नागरिकको

रसुवामा बाढीबाट मानवीय क्षति पुष्टि, यकिन विवरण आउन बाँकी

काठमाडौं । रसुवामा आएको बाढीबाट मानवीय क्षति भएको पुष्टि भएको