२०८३, १० कार्तिक मंगलबार

मधेशको पछिल्लो सुरक्षा अवस्थाबारे प्रधानमन्त्री-गृहमन्त्री छलफल, भविष्यको रणनीतिमा जोड

मधेशको पछिल्लो सुरक्षा अवस्थाबारे प्रधानमन्त्री-गृहमन्त्री छलफल, भविष्यको रणनीतिमा जोड


काठमाडौं । तराई–मधेशमा हालै देखिएको सुरक्षा चुनौतीबारे प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङबीच उच्चस्तरीय छलफल भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा हिंसापछि विकसित सुरक्षा अवस्था र सरकारको आगामी कदमबारे समीक्षा गरिएको हो।

भेटमा गृहमन्त्री गुरुङले सुनसरी र सिरहामा भएको साम्प्रदायिक तनावपछि सरकारले अपनाएको सुरक्षा रणनीति, प्रभावित क्षेत्रमा गरिएको स्थलगत अनुगमन तथा शान्ति–सुरक्षा कायम गर्न भएका प्रयासबारे प्रधानमन्त्रीलाई विस्तृत जानकारी गराएका थिए।

प्रधानमन्त्रीले घटनापछि सुरक्षा निकायले गरेको परिचालन, वर्तमान अवस्था र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक रणनीतिबारे गृहमन्त्रीसँग छलफल गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

गत साउन १० गते सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको विवाद हिंसात्मक बनेपछि सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा थप दुई जनाले ज्यान गुमाएका थिए। त्यसपछि तनाव सिरहासम्म फैलिँदा त्यहाँ पनि गोली लागेर एक जनाको मृत्यु भएको थियो।

स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासमेत परिचालन गरिएको थियो। अहिले अधिकांश प्रभावित क्षेत्रमा अवस्था सामान्य बन्दै गएको भए पनि सरकारले सुरक्षा सतर्कता कायम राखेको छ।

सरकारले सामाजिक सद्भाव कायम राख्न, अफवाह नियन्त्रण गर्न तथा संवेदनशील क्षेत्रमा सुरक्षा निगरानी थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरेको जनाइएको छ।

प्रकाशित मिति : २०८३, १८ श्रावण मंगलबार  १ : २८ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना