२०८३, ७ भाद्र सोमबार

मधेशको पछिल्लो सुरक्षा अवस्थाबारे प्रधानमन्त्री-गृहमन्त्री छलफल, भविष्यको रणनीतिमा जोड

मधेशको पछिल्लो सुरक्षा अवस्थाबारे प्रधानमन्त्री-गृहमन्त्री छलफल, भविष्यको रणनीतिमा जोड


काठमाडौं । तराई–मधेशमा हालै देखिएको सुरक्षा चुनौतीबारे प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङबीच उच्चस्तरीय छलफल भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा हिंसापछि विकसित सुरक्षा अवस्था र सरकारको आगामी कदमबारे समीक्षा गरिएको हो।

भेटमा गृहमन्त्री गुरुङले सुनसरी र सिरहामा भएको साम्प्रदायिक तनावपछि सरकारले अपनाएको सुरक्षा रणनीति, प्रभावित क्षेत्रमा गरिएको स्थलगत अनुगमन तथा शान्ति–सुरक्षा कायम गर्न भएका प्रयासबारे प्रधानमन्त्रीलाई विस्तृत जानकारी गराएका थिए।

प्रधानमन्त्रीले घटनापछि सुरक्षा निकायले गरेको परिचालन, वर्तमान अवस्था र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक रणनीतिबारे गृहमन्त्रीसँग छलफल गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

गत साउन १० गते सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको विवाद हिंसात्मक बनेपछि सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा थप दुई जनाले ज्यान गुमाएका थिए। त्यसपछि तनाव सिरहासम्म फैलिँदा त्यहाँ पनि गोली लागेर एक जनाको मृत्यु भएको थियो।

स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासमेत परिचालन गरिएको थियो। अहिले अधिकांश प्रभावित क्षेत्रमा अवस्था सामान्य बन्दै गएको भए पनि सरकारले सुरक्षा सतर्कता कायम राखेको छ।

सरकारले सामाजिक सद्भाव कायम राख्न, अफवाह नियन्त्रण गर्न तथा संवेदनशील क्षेत्रमा सुरक्षा निगरानी थप प्रभावकारी बनाउने विषयमा समेत छलफल गरेको जनाइएको छ।

प्रकाशित मिति : २०८३, १८ श्रावण मंगलबार  १ : २८ बजे

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न

कोशीमा कार्की सरकारलाई बलियो साथ, ५७ सांसदले दिए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा आफ्नो

लुम्बिनीमा फेरियो सत्ता समीकरणको तस्बिर, नेकपाबाट तीन मन्त्री थपिँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदारीको सहमतिले आकार लिन