२०८३, १० कार्तिक मंगलबार

सुनकोशीमा खसेको कारमा चार जना सवार, उद्धारमा नदीको भेल बाधक

सुनकोशीमा खसेको कारमा चार जना सवार, उद्धारमा नदीको भेल बाधक


काठमाडौं । रामेछाप, सिन्धुली र ओखलढुङ्गाको सिमाना नजिक लिखु खोलाको क्षेत्रमा भएको सवारी दुर्घटनामा सुनकोशी नदीमा खसेको कारमा चार जना सवार रहेको खुलेको छ।

प्रहरीका अनुसार सडकमा रोकिएको कारलाई बसले ठक्कर दिँदा कार सुनकोशी नदीमा खसेको हो। कारका धनी मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजनासँग सम्बन्धित ठेकेदार तिलकुमार लामा रहेको र उनीसहित चार जना कारमा सवार रहेको प्रहरीले जनाएको छ।

घटनालगत्तै प्रहरी, स्थानीय जनप्रतिनिधि र स्थानीयवासी उद्धारका लागि घटनास्थलमा पुगेका छन्। तर सुनकोशीमा आएको तीव्र भेल र नदीको बहावका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको छ।

प्रहरीका अनुसार समाचार तयार पार्दासम्म कारभित्र रहेका यात्रुहरू बाहिर निस्कन सकेका छैनन्। उद्धार टोलीले जोखिमका बीच उद्धार प्रयासलाई निरन्तरता दिएको छ भने घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८३, १७ श्रावण सोमबार  १ : ३८ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना