२०८३, २९ भाद्र मंगलबार

तराईका हिंसात्मक घटना तथा सरकार–रास्वपाको भूमिकाप्रति एमाले महासचिव शंकर पोखरेलको प्रश्न

तराईका हिंसात्मक घटना तथा सरकार–रास्वपाको भूमिकाप्रति एमाले महासचिव शंकर पोखरेलको प्रश्न


काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले तराईका विभिन्न जिल्लामा पछिल्लो समय भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुवैको भूमिकामाथि प्रश्न उठाएका छन्।

सोमबार सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै महासचिव पोखरेलले लोकतान्त्रिक व्यवस्थामा शान्तिपूर्ण आन्दोलन नागरिकको अधिकार भए पनि हिंसा, आगजनी, तोडफोड तथा सामाजिक सद्भाव बिथोल्ने गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन्।

उनले तराईका घटनाक्रममा सरकारको सुरक्षा व्यवस्थापन प्रभावकारी हुन नसकेको टिप्पणी गर्दै हिंसात्मक गतिविधि नियन्त्रण, दोषीको पहिचान र कानुनी कारबाहीमा सरकारले दृढता देखाउनुपर्ने बताएका छन्। राज्यले कानुनी शासन स्थापित गर्दै नागरिकको जिउधन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ।

महासचिव पोखरेलले रास्वपाको भूमिकामाथि पनि प्रश्न उठाउँदै संवेदनशील परिस्थितिमा राजनीतिक दलहरूले जिम्मेवार व्यवहार गर्नुपर्ने बताएका छन्। सामाजिक तनाव र हिंसालाई राजनीतिक लाभका लागि प्रयोग गर्ने वा अप्रत्यक्ष रूपमा प्रोत्साहन गर्ने कुनै पनि गतिविधिले राष्ट्रिय एकता र लोकतान्त्रिक मूल्य–मान्यतालाई कमजोर बनाउने उनको तर्क छ।

उनले वर्तमान परिस्थितिमा सबै राजनीतिक दल, नागरिक समाज तथा सरोकारवाला पक्षलाई संयमता अपनाउँदै संवाद, सहमति र कानुनी प्रक्रियामार्फत समस्या समाधान गर्न आग्रह गरेका छन्। हिंसा र अराजकता कुनै पनि समस्याको समाधान हुन नसक्ने भन्दै उनले सामाजिक सद्भाव, राष्ट्रिय एकता र विधिको शासनलाई सबैले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति : २०८३, १७ श्रावण सोमबार  ९ : ३३ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक