२०८३, २९ भाद्र मंगलबार

दुर्गा प्रसाईं पक्राउ, आन्दोलन घोषणा गरेको केही घण्टामै प्रहरीको नियन्त्रणमा

दुर्गा प्रसाईं पक्राउ, आन्दोलन घोषणा गरेको केही घण्टामै प्रहरीको नियन्त्रणमा


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

प्रसाईंले आइतबार दिउँसो काठमाडौंमा पत्रकार सम्मेलन गरी हिन्दु राज्य र राजसंस्थाको पुनर्स्थापनाको मागसहित आन्दोलनको घोषणा गरेका थिए। आन्दोलनको घोषणा गरेको केही घण्टामै उनी पक्राउ परेका हुन्।

प्रहरीले तत्काल पक्राउको स्पष्ट कारण सार्वजनिक गरेको छैन। यद्यपि, प्रसाईं यसअघि पनि सार्वजनिक अभिव्यक्ति तथा अन्य आरोपसँग सम्बन्धित विभिन्न प्रकरणमा पटक–पटक पक्राउ परेका थिए।

प्रसाईं राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियानसँग आबद्ध रहँदै विभिन्न राजनीतिक र सामाजिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। पछिल्लो पत्रकार सम्मेलनमा उनले हिन्दु राज्य र राजसंस्थाको पुनर्स्थापनाका लागि देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेका थिए।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ भने पक्राउसँग सम्बन्धित विस्तृत विवरण आउन बाँकी छ।

प्रकाशित मिति : २०८३, १६ श्रावण आईतबार  ११ : ३४ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक