२०८३, १९ आश्विन मंगलबार

हतियारधारी भारतीय फौज सुस्ता प्रवेश, बाँध भत्काउँदा प्रतिकारमा ३ नेपाली घाइते

हतियारधारी भारतीय फौज सुस्ता प्रवेश, बाँध भत्काउँदा प्रतिकारमा ३ नेपाली घाइते


नवलपरासी। भारततर्फबाट आएका हतियारधारी सुरक्षाकर्मीले नेपाल–भारत सीमास्थित सुस्ता क्षेत्रमा प्रवेश गरी बाँध भत्काएको आरोप लागेको छ। स्थानीयले प्रतिकार गर्ने क्रममा झडप हुँदा तीन जना नेपाली घाइते भएका छन्।

स्थानीयका अनुसार भारतीय पक्षले सीमावर्ती क्षेत्रमा रहेको बाँध डोजर प्रयोग गरेर भत्काउन खोजेपछि नेपाली बासिन्दाले विरोध गरेका थिए। त्यसक्रममा दुवै पक्षबीच तनाव बढ्दै झडप भएको बताइएको छ। झडपमा तीन जना नेपाली घाइते भएका छन् भने उनीहरूको उपचार भइरहेको जनाइएको छ।

घटनापछि सुस्ता क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। स्थानीयले नेपाली सुरक्षा निकाय र सरकारसँग तत्काल घटनास्थलमा पुगेर सीमा अतिक्रमण रोक्न, दोषीमाथि कूटनीतिक पहलमार्फत कारबाही गर्न तथा नेपाली भूमि र नागरिकको सुरक्षाको सुनिश्चितता गर्न माग गरेका छन्।

यस घटनाबारे नेपाली सुरक्षा निकायले तथ्य संकलन गरिरहेको जनाएको छ। भारतीय पक्षबाट भने घटनाबारे औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

सुस्ता क्षेत्र लामो समयदेखि नेपाल–भारतबीच सीमा विवाद रहेको संवेदनशील क्षेत्रका रूपमा चिनिन्छ। यसअघि पनि यहाँ सीमा अतिक्रमण, बाँध निर्माण तथा नदीको बहाव परिवर्तनका विषयमा पटक–पटक विवाद हुँदै आएको छ।

प्रकाशित मिति : २०८३, १६ श्रावण आईतबार  ५ : २९ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि