२०८३, १० कार्तिक मंगलबार

हतियारधारी भारतीय फौज सुस्ता प्रवेश, बाँध भत्काउँदा प्रतिकारमा ३ नेपाली घाइते

हतियारधारी भारतीय फौज सुस्ता प्रवेश, बाँध भत्काउँदा प्रतिकारमा ३ नेपाली घाइते


नवलपरासी। भारततर्फबाट आएका हतियारधारी सुरक्षाकर्मीले नेपाल–भारत सीमास्थित सुस्ता क्षेत्रमा प्रवेश गरी बाँध भत्काएको आरोप लागेको छ। स्थानीयले प्रतिकार गर्ने क्रममा झडप हुँदा तीन जना नेपाली घाइते भएका छन्।

स्थानीयका अनुसार भारतीय पक्षले सीमावर्ती क्षेत्रमा रहेको बाँध डोजर प्रयोग गरेर भत्काउन खोजेपछि नेपाली बासिन्दाले विरोध गरेका थिए। त्यसक्रममा दुवै पक्षबीच तनाव बढ्दै झडप भएको बताइएको छ। झडपमा तीन जना नेपाली घाइते भएका छन् भने उनीहरूको उपचार भइरहेको जनाइएको छ।

घटनापछि सुस्ता क्षेत्रमा तनावपूर्ण अवस्था सिर्जना भएको छ। स्थानीयले नेपाली सुरक्षा निकाय र सरकारसँग तत्काल घटनास्थलमा पुगेर सीमा अतिक्रमण रोक्न, दोषीमाथि कूटनीतिक पहलमार्फत कारबाही गर्न तथा नेपाली भूमि र नागरिकको सुरक्षाको सुनिश्चितता गर्न माग गरेका छन्।

यस घटनाबारे नेपाली सुरक्षा निकायले तथ्य संकलन गरिरहेको जनाएको छ। भारतीय पक्षबाट भने घटनाबारे औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।

सुस्ता क्षेत्र लामो समयदेखि नेपाल–भारतबीच सीमा विवाद रहेको संवेदनशील क्षेत्रका रूपमा चिनिन्छ। यसअघि पनि यहाँ सीमा अतिक्रमण, बाँध निर्माण तथा नदीको बहाव परिवर्तनका विषयमा पटक–पटक विवाद हुँदै आएको छ।

प्रकाशित मिति : २०८३, १६ श्रावण आईतबार  ५ : २९ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना