२०८३, १० कार्तिक मंगलबार

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ


काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन गुरुङ आज सिरहा जाने भएका छन्। प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवारसँग भेटघाट गर्नुका साथै जिल्लाको सुरक्षा अवस्थाबारे उच्चस्तरीय जानकारी लिने उनको कार्यक्रम रहेको छ।

गृहमन्त्री गुरुङ सुनसरीको देवानगञ्जमा मृतकका आफन्तसँग सातबुँदे सहमति सम्पन्न गरेपछि विराटनगर पुगेका थिए। त्यहाँबाट आज बिहान सिरहातर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको गृह मन्त्रालय स्रोतले जनाएको छ।

सिरहा पुगेर गृहमन्त्रीले गणेश यादवका परिवारलाई भेट्दै घटनाप्रति सरकारको संवेदना व्यक्त गर्ने र पीडित परिवारका माग तथा आवश्यक सहयोगबारे छलफल गर्नेछन्।

भ्रमणका क्रममा उनले जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूसँग छुट्टाछुट्टै बैठक गरी सिरहाको पछिल्लो सुरक्षा अवस्था, आन्दोलनको प्रभाव, शान्ति–सुरक्षा व्यवस्थापन तथा आगामी रणनीतिबारे विस्तृत ब्रिफिङ लिने कार्यक्रम पनि रहेको छ।

सुनसरीमा भएको घटनापछि मधेश प्रदेशका विभिन्न जिल्लामा विरोध प्रदर्शन चर्किएका बेला सिरहामा प्रहरीको गोली लागेर गणेश यादवको मृत्यु भएपछि अवस्था थप संवेदनशील बनेको छ। यही पृष्ठभूमिमा गृहमन्त्रीको सिरहा भ्रमणलाई शान्ति कायम गर्ने र स्थानीय जनविश्वास पुनःस्थापित गर्ने प्रयासका रूपमा हेरिएको छ।

प्रकाशित मिति : २०८३, १४ श्रावण शुक्रबार  ९ : १९ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना