काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन गुरुङ आज सिरहा जाने भएका छन्। प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवारसँग भेटघाट गर्नुका साथै जिल्लाको सुरक्षा अवस्थाबारे उच्चस्तरीय जानकारी लिने उनको कार्यक्रम रहेको छ।
गृहमन्त्री गुरुङ सुनसरीको देवानगञ्जमा मृतकका आफन्तसँग सातबुँदे सहमति सम्पन्न गरेपछि विराटनगर पुगेका थिए। त्यहाँबाट आज बिहान सिरहातर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको गृह मन्त्रालय स्रोतले जनाएको छ।
सिरहा पुगेर गृहमन्त्रीले गणेश यादवका परिवारलाई भेट्दै घटनाप्रति सरकारको संवेदना व्यक्त गर्ने र पीडित परिवारका माग तथा आवश्यक सहयोगबारे छलफल गर्नेछन्।
भ्रमणका क्रममा उनले जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरूसँग छुट्टाछुट्टै बैठक गरी सिरहाको पछिल्लो सुरक्षा अवस्था, आन्दोलनको प्रभाव, शान्ति–सुरक्षा व्यवस्थापन तथा आगामी रणनीतिबारे विस्तृत ब्रिफिङ लिने कार्यक्रम पनि रहेको छ।
सुनसरीमा भएको घटनापछि मधेश प्रदेशका विभिन्न जिल्लामा विरोध प्रदर्शन चर्किएका बेला सिरहामा प्रहरीको गोली लागेर गणेश यादवको मृत्यु भएपछि अवस्था थप संवेदनशील बनेको छ। यही पृष्ठभूमिमा गृहमन्त्रीको सिरहा भ्रमणलाई शान्ति कायम गर्ने र स्थानीय जनविश्वास पुनःस्थापित गर्ने प्रयासका रूपमा हेरिएको छ।






प्रतिक्रिया