२०८३, १० कार्तिक मंगलबार

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी


काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारसँग सरकारले सातबुँदे सहमति गरेको छ।

सहमतिअनुसार सरकारले दुवै मृतकलाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने, प्रत्येक परिवारलाई १०–१० लाख रुपैयाँ राहत उपलब्ध गराउने तथा घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ।

त्यसैगरी, देवानगञ्ज–३ मा रहेको मदरसाको कानुनी हैसियतबारे पनि तत्काल छानबिन गरिने सहमति भएको छ। मृतकका परिवारका योग्य एक–एक जना सदस्यलाई रोजगारीको व्यवस्था मिलाइने र छानबिन समितिको सिफारिसका आधारमा स्थानीय सरकारसँग समन्वय गरी मृतकहरूको सम्झनामा स्मृति उद्यान निर्माण गरिने उल्लेख गरिएको छ।

सम्झौतापत्रमा मृतकका परिवारका प्रतिनिधि र सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन्। सम्झौतापछि पीडित परिवारले सरकारले गरेका प्रतिबद्धता कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन्। सरकारले पनि सम्झौताका सबै बुँदा चरणबद्ध रूपमा कार्यान्वयन गर्ने जनाएको छ।

यसैबीच, घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको अन्त्येष्टि आजै गरिने तयारी गरिएको छ।

प्रकाशित मिति : २०८३, १४ श्रावण शुक्रबार  ८ : ५७ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना