२०८३, ७ भाद्र सोमबार

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी


काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारसँग सरकारले सातबुँदे सहमति गरेको छ।

सहमतिअनुसार सरकारले दुवै मृतकलाई सहिद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने, प्रत्येक परिवारलाई १०–१० लाख रुपैयाँ राहत उपलब्ध गराउने तथा घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ।

त्यसैगरी, देवानगञ्ज–३ मा रहेको मदरसाको कानुनी हैसियतबारे पनि तत्काल छानबिन गरिने सहमति भएको छ। मृतकका परिवारका योग्य एक–एक जना सदस्यलाई रोजगारीको व्यवस्था मिलाइने र छानबिन समितिको सिफारिसका आधारमा स्थानीय सरकारसँग समन्वय गरी मृतकहरूको सम्झनामा स्मृति उद्यान निर्माण गरिने उल्लेख गरिएको छ।

सम्झौतापत्रमा मृतकका परिवारका प्रतिनिधि र सरकारका तर्फबाट गृहमन्त्री सुधन गुरुङले हस्ताक्षर गरेका छन्। सम्झौतापछि पीडित परिवारले सरकारले गरेका प्रतिबद्धता कार्यान्वयन हुने विश्वास व्यक्त गरेका छन्। सरकारले पनि सम्झौताका सबै बुँदा चरणबद्ध रूपमा कार्यान्वयन गर्ने जनाएको छ।

यसैबीच, घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताको अन्त्येष्टि आजै गरिने तयारी गरिएको छ।

प्रकाशित मिति : २०८३, १४ श्रावण शुक्रबार  ८ : ५७ बजे

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न

कोशीमा कार्की सरकारलाई बलियो साथ, ५७ सांसदले दिए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा आफ्नो

लुम्बिनीमा फेरियो सत्ता समीकरणको तस्बिर, नेकपाबाट तीन मन्त्री थपिँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदारीको सहमतिले आकार लिन