२०८३, १४ श्रावण शुक्रबार

धार्मिक सद्भाव कायम राख्न नेपाल प्रहरीको अपिल, अफवाह नफैलाउन आईजीपी कार्कीको आग्रह

धार्मिक सद्भाव कायम राख्न नेपाल प्रहरीको अपिल, अफवाह नफैलाउन आईजीपी कार्कीको आग्रह


काठमाडौं। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पूर्वी तराईका केही स्थानमा देखिएको धार्मिक सद्भाव बिथोल्ने र सर्वसाधारणमा डर तथा त्रास फैलाउने गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

आईजीपी कार्कीले सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने तथा कानुनविपरीतका गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गरेका छन्। उनका अनुसार यस्ता कार्यले सामाजिक एकता कमजोर पार्ने, अविश्वास बढाउने र समाजलाई विभाजनतर्फ धकेल्ने खतरा हुन्छ।

संवेदनशील परिस्थितिमा अफवाह र घृणाभन्दा विवेक, संयमता तथा सद्भावलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिएका छन्। साथै, एकअर्काको धर्म, आस्था, संस्कृति र मर्यादाको सम्मान गर्नु सबै नागरिकको साझा जिम्मेवारी भएको उल्लेख गरेका छन्।

‘हाम्रो धर्म, संस्कार र संस्कृति फरक हुन सक्छन्। मुलुक एउटै हो र हाम्रो भावना पनि एउटै छ,’ आईजीपी कार्कीले अपिलमा भनेका छन्।

उनले वर्तमान संवेदनशील अवस्थामा संयमता, सहिष्णुता र आपसी सम्मानका साथ सामाजिक सद्भाव, राष्ट्रिय एकता तथा भाइचारा कायम राख्न सम्पूर्ण नेपालीलाई आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८३, १४ श्रावण शुक्रबार  ८ : ४८ बजे

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने

सुनसरी घटनापछि सरकार-पीडित परिवारबीच सातबुँदे सहमति, मृतकलाई सहिद घोषणा गर्ने तयारी

काठमाडौं। सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा

धार्मिक सद्भाव कायम राख्न नेपाल प्रहरीको अपिल, अफवाह नफैलाउन आईजीपी कार्कीको आग्रह

काठमाडौं। नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पूर्वी तराईका

सुरक्षा निकायका प्रमुख र धार्मिक अगुवाबीच गृह मन्त्रालयमा छलफल, गृहमन्त्री सुनसरी प्रस्थान

काठमाडौं । देशका विभिन्न स्थानमा उत्पन्न तनावपूर्ण अवस्थाबीच गृह मन्त्रालयमा