२०८३, १० कार्तिक मंगलबार

शिक्षा र स्वास्थ्य समता शुल्क आजदेखि खारेज, असुलिएको रकम १५ दिनभित्र फिर्ता गर्नुपर्ने

शिक्षा र स्वास्थ्य समता शुल्क आजदेखि खारेज, असुलिएको रकम १५ दिनभित्र फिर्ता गर्नुपर्ने


काठमाडौं । सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउँदै आएको समता शुल्क (समता कर) औपचारिक रूपमा खारेज गरेको छ। नेपाल राजपत्रमा बिहीबार सूचना प्रकाशित गर्दै सरकारले आर्थिक ऐन, २०८३ को दफा १८ को उपदफा (१) बमोजिम प्राप्त अधिकार प्रयोग गरी शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको हो।

राजपत्रमा प्रकाशित सूचनाअनुसार आर्थिक ऐन, २०८३ को दफा १६ बमोजिम लगाइएको शिक्षा समता शुल्क र दफा १७ बमोजिम लगाइएको स्वास्थ्य समता शुल्क अबदेखि लागू नहुने भएको छ। यस्तै, हालसम्म शिक्षा वा स्वास्थ्य समता शुल्कका रूपमा असुल गरिएको रकम सम्बन्धित निकाय वा व्यक्तिले १५ दिनभित्र भुक्तानीकर्तालाई अनिवार्य रूपमा फिर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ।

यदि तोकिएको अवधिभित्र उक्त रकम फिर्ता गर्न सम्भव नभएमा सो रकम सङ्घीय सञ्चित कोषमा दाखिला गर्नुपर्ने राजपत्रमा उल्लेख गरिएको छ। राजपत्रमा प्रकाशित सूचनाअनुसार यो व्यवस्था मुद्रण विभागबाट प्रमाणित भएको मितिदेखि लागू हुने जनाइएको छ।

प्रकाशित मिति : २०८३, १३ श्रावण बिहीबार  ७ : ०६ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा