२०८३, २९ भाद्र मंगलबार

देवानगन्ज गोलीकाण्डः दुई गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं लगिँदै

देवानगन्ज गोलीकाण्डः दुई गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं लगिँदै


विराटनगर । सुनसरीको देवानगन्जमा भएको गोलीकाण्डमा गम्भीर घाइते भएका दुई युवालाई थप उपचारका लागि काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टर लैजाने तयारी गरिएको छ।

नोबेल शिक्षण अस्पतालमा उपचाररत देवानगन्ज–३ का १८ वर्षीय अमित यादव र विराट नर्सिङ होममा उपचाररत २१ वर्षीय रवीन्द्रकुमार मेहतालाई एयरलिफ्टमार्फत काठमाडौं पठाउने तयारी भएको पारिवारिक स्रोतले जनाएको छ।

दुवैको स्वास्थ्य अवस्था गम्भीर रहेकाले उनीहरूलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि विशेषज्ञ उपचारका लागि काठमाडौं रेफर गर्ने निर्णय गरिएको परिवारले जनाएको छ। उनीहरूलाई काठमाडौं लैजान स्वास्थ्यमन्त्री निशा मेहताले आवश्यक समन्वय गरेको बताइएको छ।

गत आइतबार राति देवानगन्ज–३ कप्तानगञ्जमा दुई पक्षबीच भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि अवस्था नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो। घटनामा १० जना युवा घाइते भएका थिए।

घाइतेमध्ये देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनालगत्तै मृत्यु भएको थियो भने देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको थियो।

हाल बाँकी आठ घाइतेमध्ये दुई जनाको अवस्था अझै गम्भीर रहेकाले उनीहरूलाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी गरिएको हो।

प्रकाशित मिति : २०८३, १३ श्रावण बिहीबार  ७ : ०२ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक