२०८३, १० कार्तिक मंगलबार

रविको आह्वानमा सर्वदलीय बैठक सुरु

रविको आह्वानमा सर्वदलीय बैठक सुरु


काठमाडौं। सुनसरीमा भएको घटनापछि उत्पन्न राजनीतिक तथा सामाजिक परिस्थितिबारे साझा धारणा बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा जारी बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन्। बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायतका नेताहरू उपस्थित छन्।

सुनसरी घटनापछि बढ्दो तनाव, शान्ति–सुरक्षा, सामाजिक सद्भाव तथा समसामयिक राजनीतिक अवस्थाबारे साझा धारणा निर्माण गर्ने उद्देश्यले बैठक बोलाइएको रास्वपाले जनाएको छ।

यसैबीच, बैठकमा सरकारका तर्फबाट प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ सहभागी नभएको विषयले पनि राजनीतिक वृत्तमा थप चर्चा पाएको छ। उनीहरूको अनुपस्थितिबारे भने आधिकारिक कारण सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति : २०८३, १२ श्रावण बुधबार  ९ : १६ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना