२०८३, १९ आश्विन मंगलबार

रविको आह्वानमा सर्वदलीय बैठक सुरु

रविको आह्वानमा सर्वदलीय बैठक सुरु


काठमाडौं। सुनसरीमा भएको घटनापछि उत्पन्न राजनीतिक तथा सामाजिक परिस्थितिबारे साझा धारणा बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठक सुरु भएको छ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको बैठक कक्षमा जारी बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन्। बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एमाले)का महासचिव शंकर पोखरेल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायतका नेताहरू उपस्थित छन्।

सुनसरी घटनापछि बढ्दो तनाव, शान्ति–सुरक्षा, सामाजिक सद्भाव तथा समसामयिक राजनीतिक अवस्थाबारे साझा धारणा निर्माण गर्ने उद्देश्यले बैठक बोलाइएको रास्वपाले जनाएको छ।

यसैबीच, बैठकमा सरकारका तर्फबाट प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ सहभागी नभएको विषयले पनि राजनीतिक वृत्तमा थप चर्चा पाएको छ। उनीहरूको अनुपस्थितिबारे भने आधिकारिक कारण सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति : २०८३, १२ श्रावण बुधबार  ९ : १६ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि