२०८३, १२ आश्विन मंगलबार

नारायणी अस्पताल संकटमा : ४० चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प

नारायणी अस्पताल संकटमा : ४० चिकित्सकको सामूहिक राजीनामा, आकस्मिक सेवा पनि ठप्प


काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र त्यसपछि प्रशासनले गरेको भनिएको दुर्व्यवहारको विरोधमा चिकित्सकहरूले अभूतपूर्व कदम चालेका छन्। अस्पतालका करिब ४० चिकित्सकले सामूहिक राजीनामा दिएपछि आकस्मिक सेवा समेत ठप्प भएको छ।

चिकित्सकहरूले अस्पतालभित्र आफूहरू असुरक्षित रहेको भन्दै घटनामा संलग्नमाथि तत्काल कारबाही, पर्साका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) को राजीनामा तथा सुरक्षित कार्य वातावरणको सुनिश्चितता नभएसम्म काममा नफर्किने स्पष्ट अडान लिएका छन्।

चिकित्सक डा. उदयनारायण सिंहका अनुसार आक्रमणकारीलाई कारबाही गर्ने आश्वासनपछि वार्ताका लागि जिल्ला प्रशासन कार्यालय पुगेका चिकित्सकहरूमाथि उल्टै अपमानजनक व्यवहार भएको आरोप छ। उनले वार्तापछि प्रहरीले चिकित्सकलाई घेरा हाल्ने, मोबाइल खोस्ने र करिब एक घण्टा नियन्त्रणमा राखेको दाबी गरे।

‘अस्पतालभित्र कुटिन्छौं, प्रशासनमा न्याय खोज्न जाँदा अपराधीझैँ व्यवहार गरिन्छ। यस्तो अवस्थामा बिरामीको उपचार कसरी गर्ने ?’ चिकित्सकहरूको प्रश्न छ।

अस्पतालका अधिकांश चिकित्सकले राजीनामा दिएपछि उपचार सेवा लगभग ठप्प बनेको छ। आकस्मिक सेवा समेत प्रभावित भएपछि उपचारका लागि अस्पताल पुगेका बिरामी अन्य अस्पताल धाउन बाध्य भएका छन्।

यस घटनाले स्वास्थ्यकर्मीको सुरक्षा, अस्पतालको कार्य वातावरण र प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ। चिकित्सकहरूले माग पूरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्।

यता नेपाल चिकित्सक संघले पनि देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्दै घटनालाई स्वास्थ्य क्षेत्रमाथिको गम्भीर आक्रमणको संज्ञा दिएको छ। संघले दोषीमाथि तत्काल कानुनी कारबाही, चिकित्सकको सुरक्षा सुनिश्चितता तथा जिम्मेवार निकायमाथि समेत आवश्यक कारबाही नभए आन्दोलन अझ सशक्त बनाइने चेतावनी दिएको छ।

प्रकाशित मिति : २०८३, ११ श्रावण मंगलबार  १२ : १३ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय