२०८३, १९ आश्विन मंगलबार

देशभरका अधिकांश अस्पतालमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द, हजारौं बिरामी प्रभावित

देशभरका अधिकांश अस्पतालमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द, हजारौं बिरामी प्रभावित


काठमाडौं । नेपाल चिकित्सक संघको आन्दोलनका कारण मंगलबार देशभरका अधिकांश सरकारी, निजी तथा सामुदायिक अस्पतालमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द हुँदा हजारौं बिरामी प्रत्यक्ष प्रभावित भएका छन्।

वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण तथा जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा नेपाल चिकित्सक संघले आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा स्थगित गर्ने निर्णय गरेको हो।

संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि बढ्दो आक्रमणप्रति गम्भीर असन्तुष्टि जनाउँदै दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन, स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न र सुरक्षित कार्य वातावरणको प्रत्याभूति दिन माग गरेको छ। माग सम्बोधन नभए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनीसमेत संघले दिएको छ।

आन्दोलनका कारण काठमाडौंका वीर अस्पताल, सिभिल अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललगायत देशभरका अधिकांश अस्पतालमा ओपीडी, नियमित जाँच, फलोअप र अन्य स्वास्थ्य सेवा ठप्प भएका छन्। आकस्मिक सेवा सञ्चालनमा रहे पनि बिरामीको चाप अत्यधिक बढेको छ। उपचारका लागि टाढाटाढाबाट आएका धेरै बिरामी सेवा नपाई निराश हुँदै फर्किन बाध्य भएका छन्।

अस्पतालमा पुगेका सेवाग्राहीले चिकित्सकको सुरक्षाको माग उचित भए पनि त्यसको प्रत्यक्ष असर सर्वसाधारण बिरामीमाथि परेको बताएका छन्। स्वास्थ्य सेवा अवरुद्ध हुँदा दीर्घरोगी, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा नियमित उपचार आवश्यक पर्ने बिरामी सबैभन्दा बढी प्रभावित भएका छन्।

यता सरकारले घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। तर आन्दोलन जारी रहेसँगै स्वास्थ्य सेवा थप प्रभावित हुने चिन्ता बढेको छ।

प्रकाशित मिति : २०८३, ११ श्रावण मंगलबार  ११ : ४८ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि