२०८३, १० कार्तिक मंगलबार

देशभरका अधिकांश अस्पतालमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द, हजारौं बिरामी प्रभावित

देशभरका अधिकांश अस्पतालमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द, हजारौं बिरामी प्रभावित


काठमाडौं । नेपाल चिकित्सक संघको आन्दोलनका कारण मंगलबार देशभरका अधिकांश सरकारी, निजी तथा सामुदायिक अस्पतालमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द हुँदा हजारौं बिरामी प्रत्यक्ष प्रभावित भएका छन्।

वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण तथा जिल्ला प्रशासन कार्यालय पर्सामा भएको दुर्व्यवहारको विरोधमा नेपाल चिकित्सक संघले आकस्मिक सेवाबाहेकका सबै स्वास्थ्य सेवा स्थगित गर्ने निर्णय गरेको हो।

संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि बढ्दो आक्रमणप्रति गम्भीर असन्तुष्टि जनाउँदै दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन, स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गर्न र सुरक्षित कार्य वातावरणको प्रत्याभूति दिन माग गरेको छ। माग सम्बोधन नभए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनीसमेत संघले दिएको छ।

आन्दोलनका कारण काठमाडौंका वीर अस्पताल, सिभिल अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललगायत देशभरका अधिकांश अस्पतालमा ओपीडी, नियमित जाँच, फलोअप र अन्य स्वास्थ्य सेवा ठप्प भएका छन्। आकस्मिक सेवा सञ्चालनमा रहे पनि बिरामीको चाप अत्यधिक बढेको छ। उपचारका लागि टाढाटाढाबाट आएका धेरै बिरामी सेवा नपाई निराश हुँदै फर्किन बाध्य भएका छन्।

अस्पतालमा पुगेका सेवाग्राहीले चिकित्सकको सुरक्षाको माग उचित भए पनि त्यसको प्रत्यक्ष असर सर्वसाधारण बिरामीमाथि परेको बताएका छन्। स्वास्थ्य सेवा अवरुद्ध हुँदा दीर्घरोगी, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा नियमित उपचार आवश्यक पर्ने बिरामी सबैभन्दा बढी प्रभावित भएका छन्।

यता सरकारले घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। तर आन्दोलन जारी रहेसँगै स्वास्थ्य सेवा थप प्रभावित हुने चिन्ता बढेको छ।

प्रकाशित मिति : २०८३, ११ श्रावण मंगलबार  ११ : ४८ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना