२०८३, ७ भाद्र सोमबार

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने


रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति बनेसँगै लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिने भएको छ। कांग्रेसले आजै सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरूबाट राजीनामा गराउने तयारी गरेको छ।

कांग्रेसबाट लुम्बिनी प्रदेश सरकारमा सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा), आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना र वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार सहभागी छन्।

सहरी विकास तथा खानेपानी मन्त्री राणाले आजै मन्त्री पदबाट राजीनामा दिने र कांग्रेसले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने बताए।

‘आजै मार्ग प्रशस्त गर्छौँ। समर्थन पनि फिर्ता हुन्छ। अब हामी प्रतिपक्षमा बस्ने हो,’ उनले भने। एमाले–नेकपाबीचको सहमतिपछि लुम्बिनी प्रदेशको सत्ता समीकरणमा फेरबदल आउने भएको छ। कांग्रेस सरकारबाट बाहिरिएसँगै प्रदेश सरकार नयाँ राजनीतिक समीकरणअनुसार अघि बढ्ने देखिएको छ।

प्रकाशित मिति : २०८३, ९ श्रावण आईतबार  १२ : ३६ बजे

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न

कोशीमा कार्की सरकारलाई बलियो साथ, ५७ सांसदले दिए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा आफ्नो

लुम्बिनीमा फेरियो सत्ता समीकरणको तस्बिर, नेकपाबाट तीन मन्त्री थपिँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदारीको सहमतिले आकार लिन