२०८३, ९ श्रावण आईतबार

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो


काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा अस्थायी विराम आए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनभित्र युद्धको भविष्यलाई लिएर गम्भीर मतभेद सतहमा आएको छ।

अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार उपराष्ट्रपति जेडी भान्स र संयुक्त चीफ अफ स्टाफका अध्यक्ष जनरल ड्यान केन इरानसँगको युद्धलाई अनिश्चितकालसम्म लम्ब्याउने पक्षमा छैनन्। उनीहरूले युद्ध विस्तार भए त्यसको मूल्य अमेरिकाले सैनिक क्षति, क्षेत्रीय अस्थिरता र दीर्घकालीन रणनीतिक संकटका रूपमा चुकाउनुपर्ने चेतावनी दिएका छन्।

लगातार सैन्य आक्रमणपछि अमेरिकी कारबाही रोकिएसँगै ट्रम्प प्रशासनभित्र ‘अबको बाटो युद्ध कि कूटनीति?’ भन्ने प्रश्न निर्णायक बनेको छ। एकातिर ट्रम्प इरानमाथि दबाब कायम राख्दै आवश्यक परे पुनः सैन्य कारबाहीमा फर्किने चेतावनी दिइरहेका छन् भने अर्कोतिर प्रशासनकै प्रभावशाली तहबाट लामो युद्धमा फस्दा अमेरिका रणनीतिक दलदलमा पर्ने चिन्ता व्यक्त भइरहेको छ।

भान्सले लामो समयसम्म चल्ने नयाँ युद्धबाट अमेरिका टाढा रहनुपर्ने धारणा सार्वजनिक रूपमा समेत राख्दै आएका छन्। जनरल केनले पनि इरानविरुद्धको अभियान विस्तार भए मध्यपूर्वमा रहेका अमेरिकी सैनिक तथा अमेरिकी रणनीतिक हितहरू थप जोखिममा पर्ने आकलन गरेको बताइएको छ।

युद्धविराम नभई ‘रणनीतिक विराम’ का रूपमा हेरिएको पछिल्लो घटनाक्रमले ट्रम्प प्रशासनभित्रकै शक्ति सन्तुलन र युद्ध रणनीतिमाथि प्रश्न उठाएको छ। अमेरिकी सैन्य कारबाही रोकिए पनि इरानसँगको तनाव भने घटेको छैन। बरु द्वन्द्व क्षेत्रीय रूपमा फैलिने जोखिम बढ्दै गएको अन्तर्राष्ट्रिय विश्लेषणहरूमा उल्लेख छ।

अब ट्रम्पले आफ्नै प्रशासनभित्र उठेको युद्धविरोधी दबाबलाई कसरी व्यवस्थापन गर्छन् र इरानविरुद्धको सैन्य अभियान पुनः सुरु हुन्छ वा कूटनीतिक बाटो रोजिन्छ भन्ने विषयले आगामी दिनमा विश्व राजनीतिलाई प्रभावित गर्ने देखिएको छ।

ट्रम्प प्रशासनभित्रको मतभेदले एउटा कुरा स्पष्ट पारेको छ-इरानमाथि आक्रमण सुरु गर्नु जति सहज थियो, त्यसबाट सुरक्षित रूपमा बाहिर निस्कनु त्यति नै कठिन बन्दै गएको छ।

प्रकाशित मिति : २०८३, ९ श्रावण आईतबार  १२ : २५ बजे

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक