२०८३, ६ कार्तिक शुक्रबार

अस्पतालको शैयाबाट जीवन बचाई दिन आग्रह

अस्पतालको शैयाबाट जीवन बचाई दिन आग्रह


काठमाडौं । ललितपुरको गोदाबरी नगरपालिका वडा नं. १२ ठेचो बस्ने ३४ वर्षीय कमल बुढाथोकीको आफन्तले धुलिखेल अस्पतालको शैयाबाट जीवन बचाईदिन आग्रह गरेको छ ।

केही दिनदेखि टाउँकोमा गम्भिर चोट लागेका बुढाथोकीको टाउँकोको नशााहरु सुकेर अचेत अबस्थामा अस्पताल भर्ना भई टाउँकोको शल्यक्रिया गरेकोे एक साता बितिसक्दा पनि स्वास्थ्य जटिल रहेको र आर्थिक अभावका कारण उपचार कठिनाई आएको छ ।

गरिब र निकै विपन्न परिवारमा रहेका बुढाथोकीको नजिकका आफन्तबाट संकलिन करिब तीन लाखको सहयोग रकमसमेत सकिए पछि आर्थिक अभावले जकडिएका बुढाथोकीलाई आर्थिक सहयोग गरिदिन आमनागरिकमा आग्रह गरेका हो ।

आमनागरिकको थोरैसहययोग रकमले थप उपचारमा सहयोग पुग्ने र ज्यान बच्ने आशाका साथ आर्थिक सहयोगको आग्रह गर्दै सिद्धार्थ बैंकमा रहेको खाता नं. ०२११५०८०९८१ मा सहयोग रकम जम्म गरिदिन वा क्यूआर गरिदिन अस्पतालको शैयाबाट आग्रह गरिएको छ ।

विरामीका लागि औषधि किन्ने पैसाको समेत अभाव भएको, अस्पताललाई तिर्नु पर्ने रकम नभएको र थप उपचारका लागि समस्या परेको भन्दै सहयोगका लागि आग्रह गरिएको हो ।

प्रकाशित मिति : २०८३, ३ श्रावण सोमबार  ७ : २६ बजे

चीनमा भूकम्प : राहतका लागि बजेट विनियोजन, यसरी हुँदैछ उद्धार

एकाठमाडौं । चीनले दक्षिणपश्चिमी चीनको सिजाङ स्वायत्त क्षेत्रमा गएको ७.०

कालीकोटमा पहिलो पटक पुल–अप होल्ड च्यालेन्ज प्रतियोगिता सम्पन्न

कालीकोट। बडादशैं तथा तिहारको उपलक्ष्यमा कालीकोट जिल्लामा पहिलो पटक पुल–अप

मुगुका ६ हजार १०० नागरिकले पाए गाउँमै निःशुल्क उपचार र औषधि, स्थानीय हर्षित

मुगु । भौगोलिक विकटता र आर्थिक अभावका कारण स्वास्थ्य सेवाबाट

क्रसरको पानी पोखरीमा डुबेर सिन्धुलीकाे सुनकाेसीमा आमा–छोरीको मृत्यु

रामेछाप। सिन्धुलीको सुनकोशी गाउँपालिका–१ आपघारीस्थित क्रसर उद्योगका लागि प्रयोग गरिएको

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल