२०८३, १० कार्तिक मंगलबार

सामाजिक सुरक्षा भत्ता लिन गएका वृद्धको दुःखद अन्त्य, रोशी खोलाले बगायो, गिम्दीबेसीमा शव फेला

सामाजिक सुरक्षा भत्ता लिन गएका वृद्धको दुःखद अन्त्य, रोशी खोलाले बगायो, गिम्दीबेसीमा शव फेला


काभ्रे । सामाजिक सुरक्षा भत्ता लिएर घर फर्कंदै गरेका एक वृद्धको रोशी खोलाले बगाउँदा मृत्यु भएको छ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ निवासी ७५ वर्षीय बुद्धिमान तामाङ रहेका छन्। उनी कटुञ्जेबाट सामाजिक सुरक्षा भत्ता लिएर घर फर्कने क्रममा रोशी खोलाको तीव्र बहावमा बगेका थिए।

घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीले खोजी अभियान सञ्चालन गरेका थिए। भकुण्डेबेसीस्थित सशस्त्र प्रहरी बलको विपद् प्रतिकार्य टोलीले खोजीका क्रममा रोशी गाउँपालिका-८ गिम्दीबेसी क्षेत्रमा तामाङको शव फेला पारेको जनाएको छ।

लगातारको वर्षासँगै नदी तथा खोलामा पानीको बहाव बढिरहेका बेला भएको यस घटनाले स्थानीयवासीलाई स्तब्ध बनाएको छ। घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८३, ३ श्रावण सोमबार  ५ : २३ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना