२०८३, १९ आश्विन मंगलबार

सामाजिक सुरक्षा भत्ता लिन गएका वृद्धको दुःखद अन्त्य, रोशी खोलाले बगायो, गिम्दीबेसीमा शव फेला

सामाजिक सुरक्षा भत्ता लिन गएका वृद्धको दुःखद अन्त्य, रोशी खोलाले बगायो, गिम्दीबेसीमा शव फेला


काभ्रे । सामाजिक सुरक्षा भत्ता लिएर घर फर्कंदै गरेका एक वृद्धको रोशी खोलाले बगाउँदा मृत्यु भएको छ।

मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ निवासी ७५ वर्षीय बुद्धिमान तामाङ रहेका छन्। उनी कटुञ्जेबाट सामाजिक सुरक्षा भत्ता लिएर घर फर्कने क्रममा रोशी खोलाको तीव्र बहावमा बगेका थिए।

घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीले खोजी अभियान सञ्चालन गरेका थिए। भकुण्डेबेसीस्थित सशस्त्र प्रहरी बलको विपद् प्रतिकार्य टोलीले खोजीका क्रममा रोशी गाउँपालिका-८ गिम्दीबेसी क्षेत्रमा तामाङको शव फेला पारेको जनाएको छ।

लगातारको वर्षासँगै नदी तथा खोलामा पानीको बहाव बढिरहेका बेला भएको यस घटनाले स्थानीयवासीलाई स्तब्ध बनाएको छ। घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०८३, ३ श्रावण सोमबार  ५ : २३ बजे

सरकार गठनमा समर्थन गरेकै आधारमा राप्रपाका नेतालाई कारबाही गर्नु नेतृत्वको गल्ती

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता

भोटेकोशी बाढीले घरबारविहीन ८० परिवारलाई हिमालयन भ्याकेसनको राहत

रसुवा । भोटेकोशीको विनाशकारी बाढीले घरबार, सम्पत्ति र आफन्त गुमाएका

कर्णालीको कम्युनिस्ट आन्दोलनको दस्तावेज सार्वजनिक हुँदै, बोगटीको पुस्तक असोज २१ मा लोकार्पण

काठमाडौं । कर्णालीमा कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्यो, त्यसका आधार

कांग्रेसमा आज नेतृत्वको फैसला, सभापतिसहित केन्द्रीय पदमा निर्वाचन हुँदै (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा आज नेतृत्व चयनका लागि