काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार–२०८२’का लागि उत्कृष्ट १० पुस्तकको श्रेष्ठ–सूची सार्वजनिक गरेको छ। यस वर्ष गुठीमा प्राप्त २९८ पुस्तकमध्येबाट १० कृति अन्तिम सूचीमा परेका हुन्।
श्रेष्ठ–सूचीमा केशवराज ज्ञवालीको अज्ञात, केशव दाहालको इथा, ललित विष्टको उत्कर्ष, रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास, वीणा जोशी (राजभण्डारी)को नेवार समुदायका परम्परागत मुकुन्डोनाच, उमा सुवेदीको परिधि, सीमा आभासको महायुग, श्रवण मुकारुङको सलह, डा. नवराज केसीको स्वस्पर्श र नदीशको हिउँद परेका छन्।
यी १० कृतिमध्ये एकलाई मदन पुरस्कार–२०८२ प्रदान गरिने गुठीले जनाएको छ। वि.सं. २०७५ देखि मदन पुरस्कारको राशी चार लाख रुपैयाँ रहेको छ।







प्रतिक्रिया