२०८३, १० कार्तिक मंगलबार

जोर्डनमा अमेरिकी सैन्य अड्डामाथि इरानी आक्रमण, दुई सैनिक मारिएपछि तनाव थप चुलियो

जोर्डनमा अमेरिकी सैन्य अड्डामाथि इरानी आक्रमण, दुई सैनिक मारिएपछि तनाव थप चुलियो


काठमाडौं । जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गरी इरानले गरेको मिसाइल आक्रमणमा दुई अमेरिकी सैनिकको मृत्यु भएको छ। घटनामा चार सैनिक घाइते भएका छन् भने एक सैनिक अझै बेपत्ता रहेको अमेरिकी सेनाले पुष्टि गरेको छ।

अमेरिकी सेनाको केन्द्रीय कमाण्ड (सेन्टकम) का अनुसार शनिबार जोर्डनको मुवाफ्फाक सल्टी एयर बेस मा कम्तीमा दुईवटा ब्यालिस्टिक मिसाइल प्रहार गरिएको थियो। उक्त अड्डा अमेरिकाको प्रमुख सैन्य केन्द्रमध्ये एक मानिन्छ, जहाँ अमेरिकी सैनिक र लडाकु विमान तैनाथ छन्।

अमेरिकी अधिकारीहरूले यो आक्रमणलाई पछिल्ला दुई सातादेखि जारी अमेरिका–इरान सैन्य तनावको सबैभन्दा गम्भीर घटनामध्ये एक बताएका छन्। युद्ध पुनः सुरु भएयता अमेरिकी सैनिकको ज्यान गएको यो पहिलो पुष्टि भएको घटना हो। आक्रमणलगत्तै अमेरिकाले पनि इरानका सैन्य संरचनालाई लक्षित गरी जवाफी हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकी रक्षा अधिकारीहरूका अनुसार इरानको समुद्री गतिविधि र अमेरिकी फौजमाथि आक्रमणमा संलग्न संरचनाहरूलाई निशाना बनाइएको हो।

पछिल्लो समय जोर्डनस्थित अमेरिकी सैन्य अड्डाहरू लगातार आक्रमणको निशानामा परिरहेका छन्। अमेरिकी अधिकारीहरूका अनुसार एक साताभित्र मात्र चारपटक मिसाइल आक्रमण भएको छ, जसका कारण दर्जनौं सैनिक घाइते हुनुका साथै सैन्य उपकरणमा समेत क्षति पुगेको छ।

यस घटनापछि अमेरिका र इरानबीचको द्वन्द्व थप उग्र बन्ने चिन्ता बढेको छ। कतार र पाकिस्तानले दुवै पक्षलाई वार्तामा ल्याउने प्रयास गरिरहेका भए पनि हालसम्म कुनै ठोस प्रगति हुन सकेको छैन। अमेरिकी सैनिकको मृत्युले अब वाशिङ्टनको प्रतिक्रिया अझ कडा हुन सक्ने अन्तर्राष्ट्रिय विश्लेषकहरूको अनुमान छ।

प्रकाशित मिति : २०८३, २ श्रावण आईतबार  १ : ५५ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना