२०८३, १० कार्तिक मंगलबार

सांसदलाई तथ्यसहित बोल्न एमालेको तयारी, ‘इस्यु कलेक्सन सेन्टर’ स्थापना गर्ने घोषणा

सांसदलाई तथ्यसहित बोल्न एमालेको तयारी, ‘इस्यु कलेक्सन सेन्टर’ स्थापना गर्ने घोषणा


काठमाडौं । नेकपा (एमाले) संसदीय दलले संसदमा आफ्ना सांसदहरूको भूमिका थप प्रभावकारी बनाउन ‘इस्यु कलेक्सन सेन्टर’ स्थापना गर्ने तयारी गरेको छ।

एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सांसदहरूलाई तथ्य, प्रमाण र अध्ययनमा आधारित सामग्री उपलब्ध गराउने उद्देश्यले उक्त केन्द्र स्थापना गर्न लागिएको जानकारी दिइन्। उनका अनुसार संसदमा उठाइने विषयलाई थप सशक्त बनाउन क्लस्टर, एजेन्डा र विषयगत आधारमा नियमित छलफल तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिनेछ।

अर्यालले सांसदहरूले प्रभावकारी रूपमा धारणा राख्न पर्याप्त तथ्य र अध्ययन सामग्री आवश्यक पर्ने भएकाले ती सामग्री संकलन, विश्लेषण र व्यवस्थापन गर्ने संयन्त्र निर्माण गरिने बताइन्। उनले निकट भविष्यमै विभिन्न विषयगत समूह बनाएर सांसदहरूबीच छलफललाई व्यवस्थित गरिने र संसदीय गतिविधिलाई अझ परिणाममुखी बनाइने उल्लेख गरिन्।

उनका अनुसार प्रशिक्षण कार्यक्रममा पार्टी अध्यक्ष र महासचिवबाट पनि संसदीय भूमिका, समसामयिक राजनीतिक मुद्दा तथा पार्टीको नीति–दिशाबारे थप मार्गदर्शन प्रदान गरिनेछ। एमालेले संसदीय बहसलाई तथ्यपरक, व्यवस्थित र प्रभावकारी बनाउन संगठनात्मक तयारीलाई तीव्र बनाएको जनाएको छ।

प्रकाशित मिति : २०८३, २ श्रावण आईतबार  १ : ३३ बजे

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा

आजको मौसम : तीन प्रदेशमा आंशिक बदली, राति देशभर बादल

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशका विभिन्न

चिनियाँ भाषामा अनूदित ६ वटा नेपाली पुस्तक चीनमा लोकार्पण

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारी पहलअन्तर्गत चिनियाँ

बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध  

काठमाडौं । नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको

२४ घण्टामा ६५२ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६५२ जना