२०८३, २० आश्विन बुधबार

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेस संसदीय दलको निर्णयअनुसार बिहीबार प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टका अनुसार प्रस्तावमा कांग्रेसका १६ जना प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका छन्। प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री कँडेलविरुद्ध कांग्रेसले औपचारिक रूपमा अविश्वास प्रस्ताव दर्ता गरेसँगै कर्णालीको राजनीतिक समीकरण फेरि तरंगित बनेको छ।

अब प्रदेशसभा नियमावलीअनुसार अविश्वास प्रस्तावमाथि आवश्यक प्रक्रिया अघि बढाइनेछ। प्रस्तावमाथिको छलफल र मतदानपछि मुख्यमन्त्री कँडेलको सरकारको भविष्य टुंगो लाग्नेछ।

यस घटनाक्रमसँगै कर्णाली प्रदेशको सत्ता राजनीतिले नयाँ मोड लिएको छ भने आगामी दिनमा दलहरूको रणनीति र समर्थन–विरोधको समीकरणले सरकारको निरन्तरतामा निर्णायक भूमिका खेल्ने देखिएको छ।

प्रकाशित मिति : २०८३, ३१ असार बिहीबार  ५ : ०५ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय